काठमाडौँ । एशिया कप अन्तर्गत आज भारत र श्रीलंकाबीच खेल हुदै छ ।
एशिया कपको सुपर फोर अन्तर्गतको यो खेल श्रीलंकाको कोल्मबोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार ३: १५ बजेदेखि शुरु हुदै छ ।
सुपर फोरमा श्रीलंका र भारतले आ-आफ्ना एक एक खेल जितेका छन् । श्रीलंकाले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ ।
कोलम्बोमा आज पनि बर्षाले खेल प्रभावित गर्नसक्ने अनुमान गरिएको छ । आजको खेल बर्षाले प्रभावित भएर हुन नसकेमा दुवै टिमले अंक बाड्ने छन् । यस खेलका लागि रिजर्भ डे राखिएको छैन ।
यसअघि पाकिस्तान र भारतबीचको खेलका लागि रिजर्भ डे राखिएको थियो । अब यस एशिया कपमा फाइनल खेलका लागि मात्र रिजर्भ डे राखिएको छ ।













