• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उपल्लो डोल्पाको स्वास्थ्य सेवाः आम्ची र भगवान् भरोसा

by
१९ कार्तिक २०७९,
0
उपल्लो डोल्पाको स्वास्थ्य सेवाः आम्ची र भगवान् भरोसा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन वटा पालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँका सर्वसाधारणको उपचार हुँदै आएको हो ।

शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि नै कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । शे फोक्सुण्डोमा तीन वटा संस्था रहेका छन् । १ देखि ४ सम्मका सर्वसाधारणलाई भनेर सालदाङ, ५, ६, ७ का लागि भिजेर र ८ र ९ नम्बरका लागि फोक्सुण्डोमा स्वास्थ्य चौकी रहेको छ । सालदाङमा मात्र अहिले एक जना स्थानीय स्वास्थ्यकर्मी रहेका छन् भने अन्य ठाउँमा हिमपातका कारण जान सकेको अवस्था छैन ।

सबै वडामा आम्चीले स्थानीय जडीबुटीद्वारा उपचार गरेर बिरामी तथा सुत्केरी सेवा दिने गरेको स्वास्थ्यकर्मी निमा धार्गे गुरुङले बताए । स्वास्थ्यकर्मीले दिएको सेवा समेत यहाँका स्थानीयवासीलाई नपरेको र आम्चीकै भरमा सबै खालका उपचार गर्दै आएको गुरुङले बताए । दुनैबाट औषधि लिनसमेत मुस्किल हुँदै गएको छ । प्रतिकिलोको १२० रुपैयाँमा भाडा लाग्ने गरेको गुरुङले बताए ।

एक गाउँबाट अर्को गाउँमा जानका लागि हिउँले अब केही दिन भित्र जान नसक्ने अवस्था हुने भएकाले सेवा दिन समेत हैरानी भएको उनको भनाइ छ । खोप सेवा समेत कात्तिकदेखि चैतसम्म बन्द हुने गर्छ ।

त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ वडाका लागि धोमा रहेको छ । वडा नम्बर ४, ५ र ६ का लागि तिन्जेमा रहेको छ । आफ्नै भवन नहुँदा भाडामा चलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । अहिले कुनै पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको उनले गुनासो गरे ।

कर्मचारी गाउँपालिकामा आउनै नमान्ने गरेको उनको दुखेसो सुनाए । सरकारले सुत्केरी भत्ता दिए पनि यहाँका सबै गर्भवतीहरू घरमै सुत्केरी हुने भएकाले भत्ता नपाउने गरेको उनले बताए । आम्चीको भरमा घरमै सुत्केरी हुने परम्पराका कारण स्वास्थ्य संस्थाको विश्वास नरहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

त्यस्तै छार्काताङसुङ गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ को लागि छार्कामा र ४, ५ र ६ को मुकोटमा रहेको स्वास्थ्य संस्थाले सेवा दिने गर्छन् । त्यहाँ अहिले कुनै पनि स्वास्थ्यकर्मी नभएको पाइएको छ । मुकोट स्वास्थ्य संस्थाका प्रमुख ज्ञानेन्द्रबहादुर शाही जुफाल घरमा रहेका छन् । तिहारमा घरमा आएका उनी चैतमा मात्र फर्कने सोचमा रहेको बताए । हिमपात छ कसरी जानु रु उनले प्रश्न गरे ।

कात्तिकदेखि नै खोप सेवा बन्द भएको उनले बताए । मुकोटमा रहेको स्वास्थ्य संस्थामा प्रहरी, बैंकसमेत बसेको उनले बताए । गाउँपालिका भरी अघिल्लो वर्ष एक जनाले मात्र सुत्केरी सेवा लिएको शाहीले बताए । सबै यहाँका गर्भवती आम्चीको सहयोगमा घरमै हुने सुत्केरी हुने गरेका कारण सुत्केरी भत्तासमेत नपाउने गरेका छन् । नियमित गर्भ जाँच कसैले पनि स्वास्थ्य संस्थामा आएर नगर्ने तर घरमै बसेर जोखिम मोलिरहेको स्वास्थ्यकर्मीको भनाई छ ।

उता आम्चीले स्वास्थ्यकर्मीसँग भाषा नमिल्ने भएकाले काम गर्न समस्या हुने गरेको बताएका छन् । आफूहरू स्थानीय भाषा मात्र बोल्ने भएकोले स्वास्थ्यकर्मी नेपाली भाषा बोल्ने भएकाले आफूहरू त्यो नजान्ने भएकाले समस्या भएको उनीहरूको भनाइ छ । एक गाउँमा एक आम्ची हुने गरेको बताएको छ । उपल्लो डोल्पाको तीन वटा पालिकामा स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँचदेखि सुत्केरी हुने संख्या जिरो रहेको छ ।

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा थोरैले सुत्केरी सेवा लिने गरेका छन् । एक वडाबाट अर्को वडामा जानका लागि दिनभरी लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण पनि यहाँका महिलाहरू सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन् ।

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका स्थानीय तह हुन् । मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको छ । जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ । उपल्लो डोल्पा भन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढी रहेको छ ।

कर्णाली प्रदेशको सबै भन्दा बढी हेलिकोप्टरबाट गर्भवतीको उद्धार हुने जिल्लामा डोल्पा एक नम्बरमा पर्छ । यहाँका महिलालाई सुरक्षित रूपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारले बताएका छन् ।

के आम्ची उपचार विधि रु

हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची । आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौं वर्षेदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । उनीहरू अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन् । ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन् । आम्ची जडीबुटी पाइने बेला उच्च हिमाली भागमा उक्लन्छन् ।

पुस्तौँदेखि जडीबुटीको चिन्ने कलाले उनीहरूलाई कुनचाहिँ ओखती हो र कुन हैन भन्ने सजिलै थाहा पाउने गर्दछन् । ती जडीबुटीलाई पिसेर, मात्रा मिलाएपछि बल्ल ओखती बन्छ । पूर्वीय समाजको दैनिक जीवनमा आम्ची र आयुर्वेद परापूर्वकालदेखि नै प्रयोगमा छ । अहिले आयुर्वेद जोडिएका औषधी र सौन्दर्य प्रशोधनले लोकप्रियता पनि हासिल गरेका छन् । पुरातन उपचार पद्धतिलाई आधुनिकीकरण गर्ने विश्वव्यापी लहर पनि चलेको छ ।

पुरातन पद्धतिमा टेकेर जडीबुटीमार्फत उपचार गर्ने आम्चीहरू देवता नै रहेको यहाँका स्थानीयवासी बताउँछन् । हिमालयन आम्ची एसोसिएसनको पहलमा सरकारले आम्ची पढ्न अनुमति दिइएको छ ।

सोवा रिग्पा उपचार पद्धति आदिवासी ज्ञानमा आधारित उपचार विधि हो । अहिले यो उपचारका बारे विश्व विद्यालय तहमा अध्यापन हुने गरेको छ । यसबाट सोवा रिग्पाका विज्ञ विशेषज्ञ ९आम्ची० उत्पादन हुन थालेका छन् ।

सोवा रिग्पा उपचारका अगुवा आम्ची हुन्छन् । स्वास्थ्य उपचारका वैकल्पिक विधा आयुर्वेद, अकुपञ्चर युनानी जस्तै सोवा रिग्पा पनि उपचारको फरक पद्धति हो । बुद्ध भगवानको पाँच महाज्ञान मध्ये एउटा ज्ञान सोवा रिग्पा ज्ञान हो । बुद्ध भगवानले यस उपचार विधिका लागि चार वर्ष तपस्या गरेका थिए ।

हिमाल क्षेत्रको करिब एक हजार प्रजातिका जडीबुटी र १३० किसिमका जनावरका शरीरका विभिन्न अङ्गबाट सोवा रिग्पाको औषधि बनाउने गरिन्छ । यस्ता जडीबुटीहरू नेपालमा नै उपलब्ध हुन्छन् । यी जडीबुटी पहिचान गर्ने ज्ञान आम्चीहरूमा मात्र हुन्छ । यस्तो ज्ञान परम्पराबाट सिकेका हुन् ।

Previous Post

के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास

Next Post

चिनियाँ रकेट बूस्टर अन्तरिक्षमा नियन्त्रण बाहिर, स्पेनले बन्द गर्यो विमानस्थल

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
चिनियाँ रकेट बूस्टर अन्तरिक्षमा नियन्त्रण बाहिर, स्पेनले बन्द गर्यो विमानस्थल

चिनियाँ रकेट बूस्टर अन्तरिक्षमा नियन्त्रण बाहिर, स्पेनले बन्द गर्यो विमानस्थल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In