• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जी–२० को तयारी पूरा, अमेरिकी राष्ट्रपतिका लागि ४०० कोठा बुक, सी जिनपिङ नआउने

by
२० भदौ २०८०,
0
जी–२० को तयारी पूरा, अमेरिकी राष्ट्रपतिका लागि ४०० कोठा बुक, सी जिनपिङ नआउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।यतिबेला दिल्लीको चहलपहल बेग्लै छ। टल्किएका सडक, रंगीबिरंगी लाइट, सजाइएका आकासे पुल, अन्डरग्राउन्ड पर्खालमा सुन्दर पेन्टिङ, हराभरा गार्डन र सडक किनारका लगाइएका ठूलाठूला पोस्टर देख्न सकिन्छ। विमानस्थलदेखि सम्मेलनस्थलसम्म सबै सजधज छ।

आगामी शनिबार र आइतबार दिल्लीमा हुने जी–२० शिखर सम्मेलनको तयारी लगभग पूरा भएको भारतीय सञ्चारमाध्ममले उल्लेख गरेका छन्। यस सम्मेलनको थिम वसुधैव कुटुम्वकम् अर्थात ‘संसार एक परिवार’ रहेको छ।

जी–२० ग्रुपमा सामेल १९ देशका राष्ट्रप्रमुख, युरोपियन युनियनका प्रतिनिधि, ९ अतिथि देशका प्रधानमन्त्री एवं राष्ट्रपति दुई दिन दिल्लीमा हुनेछन्। भारतमा एकसाथ यति धेरै राष्ट्रप्रमुख भारत आउने यो पहिलोपटक हो। तर, यसमा नेपाल कहीँकतै सामेल छैन।

सम्मेलनमा आउने अतिथि बस्नका लागि दिल्लीमा करिब २५ पाँचतारे होटल बुक गरिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन आइटिसी मौर्याको सर्वाधिक महँगो सुइट चाणक्यमा बस्नुहुनेछ। यसको एक दिनको भाडा मात्रै ८ लाख भारु छ।

शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिका लागि होटलमा ४०० कोठा बुक गरिएको छ। १४औं तलामा बाइडेन बस्नुहुनेछ भने बाँकी सबै तलामा सेक्रेट कमान्डो तैनाथ रहनेछन्। यसैगरी बाइडेनकै लागि भनेर मौर्या शेराटन होटलमा विशेष लिफ्ट बनाइँदैछ।

यसैगरी बेलायतका प्रधानमन्त्री ऋषि सुनक सांग्रिला होटमा बस्नेछन्। सुरक्षालाई मध्यनजर गर्दै अहिलेदेखि नै त्यहाँ प्रवेश बन्द गरिएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों क्लेरिजेस होटलमा बस्नुहुनेछ। अस्ट्रेलियाली प्रधानमन्त्री एन्थनी अल्बनिज इम्पेरियलमा, टर्किस, मरिसस, नेदरल्यान्ड, नाइजेरिया र स्पेनका अतिथि ओबराय होटल, चीन र ब्राजिलका अतिथि ताज प्यालेसमा बास बस्ने भारत सरकारले व्ववस्था गरेको छ। यसबाहेक इन्डोनेसियाली अतिथि इम्पेरियल होलटमा, बेलायत र जर्मनीका अतिथि सांग्रिलामा, इटाली र सिंगापुरका अतिथि हयात रेसिडेन्सीमा, बंगलादेशका गुरुग्राममा, क्यानडा र जापानका होटल ललितमा बास बस्नेछन्।

होटलमा सेन्ट्रल फोर्स तैनाथ, तुलसीको माला लगाइदिएर अतिथिलाई स्वागत

विदेशी अतिथिका लागि बुक गरिएका पाँचतारे होटलमा सेन्ट्रल फोर्सका जवान तैनाथ छन्। यस्तै सबै गेटमा बर्दीधारी सशस्त्र दस्ता र क्विक रेस्पोन्स टिम खटिएका छन्।

चिनियाँ राष्ट्रपति सीको साटो प्रधानमन्त्री कियाङ आउने

अहिले सर्वत्र चासो भनेको चिनियाँ राष्ट्रपति सी जिनपिङको जी–२० शिखर सम्मेलनमा किन आउनुहुन्न भन्नेमा छ। वर्षौंदेखि चीन–भारत सीमा विवाद र हालसालै चीनले जारी गरेको नयाँ नक्सामा भारतका केही भूभाग पनि समेटिएपछि भारतले त्यसको कडा विरोध गरेको छ। यही विवादका कारण पनि सी भारत नआउने अनुमान भएका छन्।

चीनको विदेश मन्त्रालयले सी जी–२० मा शिखर सम्मेलनमा नआउने तर उहाँको साटो प्रधानमन्त्री ली कियाङ आउने खबर भारतलाई दिएको छ। तर, सी भारत नआउनेबारेको कारण भने मन्त्रालयले बताएको छैन।

यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा सहभागी हुनुहुने छैन। उहाँले पहिले नै आफू सहभागी नहुने स्पष्ट पार्नुभएको छ।

खानामा कोदोका परिकारमा जोड

भारत सरकारले जी–२० मा आउने अतिथिलाई कोदोजन्य परिकार पस्कनेछ। यसबाहेक मिश्रित खाना र स्ट्रिट फुड पनि भारतले चखाउनेछ।

मोदी सरकारले अन्तर्राष्ट्रिय रुपमा कोदोजन्य खाद्यान्लाई बढावा दिने कोसिस गरिरहेको छ। संयुक्त राष्ट्र संघले सन् २०२३ लाई इन्टरनेसन मिलेट्स वर्ष घोषणा गरेको छ।

औषधिबाहेक अनलाइन डेलिभरी सर्भिसमा रोक

जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले औषधिबाहेक अन्य सामान डेलिभरीमा रोक लगाएको छ। यस्तै ८–१० सेप्टेम्बरसम्म व्यावसायिक क्रियाकलाप पनि हुनेछैन। भिआइपी मुभमेन्ट र सुरक्षाका कारण १०–१५ मिनेट मेट्रो स्टेसन पनि बन्द हुन सक्नेछन्।

Previous Post

वैदेशिक रोजगारीमा जानेलाई बैंकले ऋण दिने

Next Post

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

सम्बन्धित खबर

ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
Load More
Next Post
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In