काठमाडौं ःनबिल बैंकले कम्बोडियाको सिम रीपमाआयोजित टक्स एसिया २०२३ (Tux Asia 2023) मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बंैकिङ क्षेत्रमानवीनतमप्रविधिको प्रयोग तथानिरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।
अगस्ट १८, २०२३ माभएको कार्यक्रममाकम्पास प्लस टेक्नोलोजीका Sergey Putenikhin, Vice President, Eastern Joint Regional Directorate Managing Director ले नबिल बैंककाप्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्तअवार्ड प्रदान गरेका थिए । कार्यक्रममाबंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायतविभिन्न देशकाअन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिताजनाएकाथिए ।
‘हामीले नेपालमाल्याएको विभिन्ननवीनतम डिजिटल बैंकिङ सेवाहरूकालागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागिगौरवको कुरा हो,’ नबिल बैैंककाप्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालेबताए । यस अवार्डले बैंकलाई हौसलामिलेको बताउँदै उनले भने, ‘हामीले नेपालमाअन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरूल्याएका छौं । यो सम्मानले पक्कै पनिहामीलाई डिजिटल बैंकिङमाग्राहकहरूको अनुभवलाई सहजबनाउनथपकामगर्न प्रोत्साहित गरेको छ ।’
निजीक्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमापहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमानवीनतथानयाँप्रविधिहरू निरन्तर रुपमाभित्र्याउँदै आएको छ । नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू (NFC Dual Interface Contactless cards), contact less enabled POS terminals,देशमा ई–कमर्स कारोबार सहजबनाउनपहिलो3DS ACS 2.x कम्प्लायन्ट पेमेन्ट गेटवे लागू गर्ने, र पहिलो पटक क्यास रिसायक्लर मेसिनबजारमाल्याएको थियो । साथै, नबिल बैंकले ग्रीनपिन र cardless withdrawal services, मोबाइल बैंकिङ एपमा कार्ड फिचरहरू (डेबिट, क्रेडिट, प्रिपेड)थप्ने र भर्चुअल कार्डको कार्यान्वयन र नेपालमापहिलो पटक सिधै कार्डमालोड गर्ने मोबाइल बैंकिङ सेवाजस्ता नवीनतमप्रविधिल्याई अत्याधुनिक बैंकिङ सेवाप्रदानगर्दै आएको छ ।
नबिलबैंक नेपालकोनिजी क्षेत्रको एक अग्रणी बैंक हो ।नबिलले १८लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवाप्रदानगर्दै आएको छ । नबिलबैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमाकामगर्दै आएको छ ।













