• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयरसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

by
१३ भदौ २०८०,
0
सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयरसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधवार उनीसहित ८ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

नगरप्रमुख सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, नगरपालिकाका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुनप्रसाद यादव, लेखापाल सरोजकुमार मण्डल, वडा नं. ४ का तत्कालीन वडाअध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

नगरपालिकाबाट आव २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी बोदेबर्साइन नगरपालिका वडा नं। ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुटा बिल बनाई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

सोसम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पशु विकास अधिकृत अर्जुनप्रसाद यादवले आव २०७७/०७८ मा सञ्चालन भएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुटा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको, कार्यक्रम नै सञ्चालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेस गरी स्वीकृत भई १४ लाख ७१ हजार ९२१ रूपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिएको छ।

यादवविरूद्ध १४ लाख ७१ हजार ९२१ रूपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना तथा बिगोसमेत असुलउपर गर्न मागदाबी लिइएको छ।

यस्तै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोजकुमार मण्डलले बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै सञ्चालन नगरी सार्वजनिक खरिद ऐन, नियमविपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेस गरेका नक्कली बिल भरपाईसमेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी भुक्तानी दिएको देखिएकाले घनश्याम यादव र सरोजकुमार मण्डललाई पनि सोहीबमोजिमको कैद र जरिवानासमेतको सजाय मागदाबी लिइएको छ।

यसैगरी नगरपालिकाका प्रमुख आतेशकुमार सिंह, वडा नं। ४ का तत्कालीन वडाअध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतले बाख्रा व्यवसायी पकेट कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको र सोही प्रतिवेदनसमेतको आधारमा नगरपालिकाले माँ जगदम्बा कृषक समूहलाई १४ लाख ७१ हजार ९२१ रूपैयाँ भुक्तानी दिएको देखिएकाले आतेशकुमार सिंह, रामानन्द चौधरी, श्रीप्रसाद भगतविरूद्ध कैद र जरिवानासमेतको सजाय मागदाबी लिइएको छ।

साथै माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माले बाख्रा व्यवसायी पकेट कार्यक्रम सञ्चालनका लागि नगरपालिकासँग सम्झौता गरेकोमा सम्झौताबमोजिमका कुनै पनि कार्यक्रम नगरी गैरकानूनी लाभ पुर्‍याउने बदनियतले झुटा बिल भरपाई एवं कागजात तयार गरीरगराई कार्यक्रम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेस गरी भुक्तानी भएको देखिएकाले १४ लाख ७१ हजार ९२१ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय र बिगोसमेत जफतको मागदाबी लिइएको अख्तियारले जनाएको छ।

Previous Post

२० किलो चाँदीसहित दुई जना पक्राउ

Next Post

केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु

केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In