पोखरा – पर्यटन प्रवद्धन गर्न चार दिने पोखरा–हिमालय मोटर र्याली बिहीबार बिहान पोखराबाट शुरु भएको छ । नेपाली युवा उद्यमी मञ्चको तत्वाबधानमा युवा उद्यमी मञ्च पोखराद्धारा आयोजित चारदिने पोखरा–हिमालय मोटर ¥याली पोखराबाट शुरु भएको हो ।
र्यालीको उद्घाटन बिहीबार बिहान नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखारका प्रमुख काशीनाथ भण्डारीले गर्नुभएको छ । कोरोनाकै कारण तीन वर्षदेखि सुस्ताएको पर्यटनलाई गतिदिने उद्देश्यले पोखराबाट शुरु भएको मोटर र्याली मुस्ताङ जिल्लाको मार्फा, जोमसोम, लोमान्थाङ हुँदै कोरला नाकासम्म पुग्ने बताइएको छ । र्यालीमा सातै प्रदेशका ६० भन्दा वढी युवा उद्यमीहरुको सहभागिता रहेको जानकारी आयोजक संस्थाले जनाएको छ ।
र्यालीमा वीस वटा गाडी प्रयोगमा ल्याइएको छन् भने उद्यमीसँग मेडिकलको टिक र गाडी सम्बन्धि ज्ञान भएका मेकानिक्स र इन्जिनियर समूह समेत सँगै लगिएको छ । मुस्ताङको पर्यटकीय गन्तब्यको प्रवद्र्धन गर्ने -यालीको मुख्य उद्देश्य रहेको जानकारी आयोजक संस्थाका सुनीलबहादुर भट्टराईले जानकारी दिनुभयो ।
र्यालीको शुभारम्भ गर्दै पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीनाथ भण्डारीले -यालीले आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो । नेपाली युवा उद्यमी मञ्चले अघिल्लो वर्ष मेची–महाकाली यात्रा गरिसकेको छ ।













