जो जाग्यो उसले त्यताबाट मुख मोडेर स्वतन्त्र रहनुप¥यो । लोभी र स्वार्थी तमोगुणीहरू नै पृथ्वीमा धेरै छन् तसर्थ हुँदा सत्य सम्झेर आफ्नै हृदयका आनन्दमा प्रवेश गर्नुपर्छ । ओशो कृष्णमूर्तिका उदारता–स्वतन्त्रताका शब्दहरू हुन् । असली कुरा हो मौन बस र शान्त प्रसन्न होऊ ।
श्वास हेरेर, ‘मको उद्गममा पुग । त्यहाँ मौनता छ । वशिष्ठ पुरोहित भए पनि उदार, ज्ञानी र सज्जन पुरुष थिए । समय उही हो र मनुष्य पनि उही हो । त्यसो भएर साधुता, दुष्टता, स्वार्थी र परमार्थी साथ साथै हुर्केका हुन्छन् ।
पहिले कालमा जब रेडियो, भिडियो, टेलिभिजन र केवल थिएन तब पनि मनुष्य तास, कौडा, जुआ र गफमा समय खेरा फाल्थे ! अहिले– धेरै विकसित, समझदार भयौँ भन्छौँ तर मनुष्यको समय गाना सुन्नमा, सीनेमा हेर्नमा गइरहेको छ । त्रिलोकीको सम्पदाले पनि किन्न नसकिने अनमोल श्वासप्रश्वास व्यर्थ गइरहेको छ ।
आपूmलाई चिन्ने, जीवनमा सार्थक समय बिताउने योग्यता हामीमा किन आउन नसकेको होला ? अहिलेको समय धेरै भयावह छ । संसारमा व्यर्थका कुराहरू, चलचित्र, गफ तथा कहानिले हाम्रो जीवनको धेरै समय लिएका छन् । सबै मनोरञ्जनका साधन, पैसा, मूर्खता र मान्यताको शोषणमा आधारित छन् । केही मनुष्य धनी हुँदै जान्छन् धेरै गरीब । शिक्षा छैन, महाविनाश छ मनोरञ्जनद्वारा हामी अधिक स्वार्थी र एकाकी बन्दै छौँ । यो कस्तो विकास हो ?
राजा, गुरु, नेता, परिवारका मुखिया सबैको लक्ष व्यक्तिगत स्वार्थ, मेरो परिवार भन्ने मात्रै छ । त्यही कारणले हाम्रो जीवन यस्तो कुरूप भएको हो । साँचो जीवनमा यथार्थ, सत्य र शान्तिको एक क्षण कस्तो हुन्छ त्यो हामीलाई थाहा छैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













