एउटा आँपको रुखमा मानिस बसिरहेको थियो त्यसै वेला त्यस रुखमा एउटा बाँदर पनि चढ्यो ।
मानिसः के खान आएको बाँदर ?
बाँदरः स्याउ खान ।
मानिसः यो रुख त आँपको पो हो त !
बाँदरः स्याउ त मैले नै ल्याएको छु ।
दाँत भाँचियो
हरि साईकल पसलमा गएछ र साईकल बनाएछ ।
पसलेः ल दाइ मैले सबै बनाइदिएको छु, फेरि केही भाँचियो भने मलाई सम्झनु ।
भोलिपल्ट फेरि हरि साइकल पसलमा गएछ । यो देखेर पसलेले फेरि भनेछ—
पसलेः के भाँचियो दाइ ?
साइकलवालाः साईकलको घण्टी र मेरो दाँत ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













