• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाउँ–गाउँमै बजार

by
११ भदौ २०८०,
0
गाउँ–गाउँमै बजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् ।

स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा ससाना बजार विस्तार भइरहेका छन् । पहिले बागलुङ बजारमा पाइने सबैथोक अहिले गाउँमा पाइन्छन् । गाउँमा आवश्यक सामान पाइने भएपछि ग्राहक बजारमा आउन छोडेका छन् । बागलुङमा खास गरि दुई मुख्य नाकाबाट सामान भित्रिने गर्छ । एउटा मालढुङ्गा नाका अर्को हाँडीखोला नाका । मालढुङ्गा नाकाबाट भित्रिने अधिकांश सामान वीरगञ्ज, काठमाडौँ र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्दछ ।

मालढुङ्गादेखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्छ भने हाँडीखोलाबाट भित्रिने पश्मिच बागलुङ र पूर्वी रुकुममा बढी खपत हुने गरेको छ । गाउँबाट समान किनमेलका लागि बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको छ । गाउँगाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको बजार कोरोना संक्रमणकालपछि झन् सुस्ताएको छ । पछिल्लो समय आर्थिक मन्दीका कारणले गर्दा व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । पछिल्लो एक वर्षयता व्यापार ५० प्रतिशतले आधा भएको उनीहरुको भनाइ छ ।

व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको उद्योग वाणिज्य सङ्घ बागलुङका महासचिव ऋषिराम गौतमले बताए । कोभिड–१९ ले सुस्ताएको व्यापार आर्थिक मन्दीका कारण व्यापारी समस्यामा परेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र महँगो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको उनले बताए । पछिल्लो छ महिनामा बागलुङ बजारका एक बढी सटरमा गरिदै आएको पसल बन्द भएको उनको भनाइ थियो । केही समय अगाडि बागलुङमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी र इमेज सहकारीका सञ्चालकले व्यापारीको करोडौँ रकम हिनामिना गरे फरार भएपछि व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको उनको भनाइ छ ।

‘चाडवर्प आउन थाल्यो, बजार सुनसान छ, पहिला–पहिले यस्तो हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन्’, महासचिव गौतमले भने, ‘व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका(नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।’

बागलुङ बजारमा ३० वर्षदेखि व्यवसाय गर्दै आउनुभएका डिल्ली गौतमले पछिल्लो समय व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो हुने स्थिति आउन थालेको बताए । सङ्घीयताको प्रभावले गर्दा छ वर्ष अगाडि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको भन्दै कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको गौतमले बताए । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको हुँदा व्यापार निकै भएको स्मरण गर्दै अहिले गाउँ गाउँसँग व्यापार बाडिएको बताए ।

महासचिव गौतमले भने, ‘३० वर्ष अगाडिको तुलनामा अहिले बागलुङ बजारको व्यापार ८० प्रतिशतले कम भएको छ, व्यापार कम हुनुमा पहिलो त सङ्घीयताको प्रभाव हो, त्यसपछि गाउँगाउँमा मोटरबाटो पुग्नु, दुई÷तीन वर्ष कोरोना र अहिले आर्थिक मन्दी मुख्य कारण हो, बजारको अवस्था हेर्नुहुन्छ भने कहिले त एउटा सामान पनि विक्री हुँदैन, दिनभरी पसलमा बस्यो, अरु काम गर्नु पनि छैन, युवा त विदेश जालान्, अरु केही गर्लान्, हामी उमेरले नेटो काट्न लागेका गाउँ फर्किनुको विकल्प हुँदैन ।’

निसीखोलाका व्यापारी वीरबहादुर क्षेत्रीले छ वर्षदेखि ग्रामीण क्षेत्रमा व्यापार बढ्दै गएको बताए । एक दशक अगाडिसम्म सुनसान गाउँमा अहिले व्यापारीक चहलपहल बढ्दै गएको बताए । निसीखोलाको देवस्थान, जुग्जाखोला, झिवाखोला, वडावन खोला, निसी, भल्कोट र सीपमा अहिले व्यापार फस्टाउँदो रहेको क्षेत्रीले बताए । पहिले यहाँका हजारौँ नागरिक सामान्य किनमेलाका लागि घण्टौँ लगाएर बुर्तिबाङ पुग्ने र घोडा खच्चडमार्फत सामान ढुवानी गरेर बेच्ने गरेको सुनाउँदै अहिले घरै अगाडि सडक आएको हुँदा सहज भएको उनी बताउँछन् ।

‘अहिले गाउँमा खान लागनको दुःख हरायो, पहिले दोकान, पसल धेरै टाढा हुन्थे, मान्छेले एउटा कपडालाई वर्षौसम्म सुरक्षित तरिकाले लगाउनु पथ्र्यो, नुन, तेल र चामल लामो समयसम्म पुग्ने गरी अड्कल गरेर खानु पथ्र्यो’, क्षेत्रीले भने, ‘अहिले घरघरमा पसल खुलेका छन्, गाउँलेलाई सहज भएको छ, व्यापार पनि राम्रो छ, पहिलेको जस्तो घोडा खच्चडमा ढुवानी गरेर महँगोमा बेच्नुपर्ने अवस्था पनि छैन, सुविधा पनि आयो, व्यापार पनि भयो ।’

पालिकाको केन्द्र बनेपछि तमानखोलाको बोङ्गादोभान, ताराखोलाको भातखानेडाँडा, बरेङको बरेङडाँडा लगायतका गाउँमा व्यापार बढ्दो क्रममा रहेको व्यापारीको भनाइ छ । अहिले जिल्लाको बस्ती बस्तीमा सडक पुगेका छन् । सडकले गर्दा दुर्गम गाउँसम्म पनि स–साना पसल सञ्चालनमा आएका छन् । जसले स्थानीयको दैनिकीलाई सहज बनाइ दिइको छ । वर्खामा भने ग्रामीण सडक पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् ।

Previous Post

सामान्य ज्ञानः पढौँ र जानौँ

Next Post

दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते

दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In