• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकी राष्ट्रपतिको दौडमा भारतीय मूलका विवेक रामास्वामी

by
१० भदौ २०८०,
0
अमेरिकी राष्ट्रपतिको दौडमा भारतीय मूलका विवेक रामास्वामी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आगामी राष्ट्रपतिको चुनावका लागि रिपब्लिकन पार्टी आफ्नातर्फबाट उम्मेदवार तय गर्ने प्रक्रियामा छ।

यसैक्रममा गत साता एउटा टेलिभिजन कार्यक्रममा पार्टीका तर्फबाट राष्ट्रपतिमा चुनाव लड्न चाहने आठ जना आकांक्षीहरूको बहस भएको थियो। जहाँ आम अमेरिकीहरूलाई लागेको थियो कि रिपब्लिकन पार्टीको कुनै पनि त्यस्तो ‘डिवेट’ ट्रम्पबिना अधुरो हुन्छ। २०१६ को त्यस्तै बहसमा ट्रम्पले धेरै अमेरिकीको मन जितेका थिए।

यसपालि उनी अनेकौं मुद्दा खेपिरहेका छन् र त्यसैकारण उनी त्यो बहसमा सामेल हुन पाएनन्। यद्यपि, आफू नै राष्ट्रपतिको उम्मेदवार हुने दाबी उनले गरिरहेका छन्।

यो टेलिभिजन बहसका बारेमा ट्रम्पको अनुपस्थितिलाई लिएर जुन अनुमान लगाएका थिए त्यस्तो भएन। बरु टेलिभिजन बहसमा उत्रिएका एक जना उम्मेदवारले सबको मन ताने।

ती थिए– विवेक रामास्वामी।

उनीसँगै त्यो बहसमा माइक पेन्स, निकी हेली, टिम स्कट, क्रिस क्रिस्टी, रोन डिसेन्टिस, एच हचिन्गसन र डग बरमुग पनि सहभागी थिए।

तर, सबको नजर रामास्वामामाथि अडियो।

अहिलेसम्म रामास्वामी त्यस्ता कुनै पनि राजनीतिक चुनावमा सामेल भएका छैनन्। यहाँ सम्मकी उनले २००४ देखि २०२० सम्मका कुनै पनि राष्ट्रपति चुनावमा मतदानसमेत गरेका छैनन्।

उनै रामास्वामी बहसमा सबैभन्दा धेरै छाए।

उनी भारतीय मूलका अमेरिकी नागरिक हुन्। उनी एक हिन्दू परिवारका हुन्। र, आफूले कहिल्यै पनि हिन्दू धर्मलाई अस्वीकार नगर्ने बताउँछन्। तर, अहिले अमेरिकामा यो धर्मका विषयलाई लिएर पनि चर्चा चल्न थालेको छ।

र, उनले भनेका छन् ‘हिन्दु, ईसाई या यहुदी धर्मका कारण हाम्रो समाज विभाजन भइरहेको छैन। बरू एक सच्चा ईश्वर मान्ने र ईश्वर नमान्नेहरूको बीच भेदले समाज विभाजित हुन थालेको छ।’

दक्षिणी भारतीय मूलका उनी अहिले अमेरिकामा आफैँमा बहसको विषय बनेका छन्।

यो बहसभरि उनी एकमात्रै त्यस्ता उम्मेदवार ठहरिए जसको मुस्कुराइरहेको अनुहारबाट कसैले पनि नजर हटाउन सकेनन्।

टेलिभिजन प्रस्तोताले गरेको जलवायु परिर्वतनसम्बन्धी एउटा प्रश्नमा रामास्वामीले दिएको जवाफ अहिले पनि संसारभरि चर्चित भएको छ।

उनले त्यसको जवाफमा भनेका थिए ‘यो स्टेजमा म मात्रै एउटा त्यस्तो व्यक्ति हुँ जसलाई कसैले पनि खरिद गर्न सक्दैन‘।’

यतिमात्रै होइन उनले हरेक प्रश्नका जवाफबाट आफूलाई यसरी अब्बल देखाउन खोजे कि अरू सब उम्मेदवारहरू फिक्का ठहरिए।

गत मार्चमा आफू पनि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेदेखि नै यी भारतीय मूलका करोडपति अमेरिकी नागरिक चर्चाको शिखरमा छन्।

को हुन् रामास्वामी ?

अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका यी आठ जनामध्ये दुई जना भारतीय मूलका छन्। तीमध्ये निकी हेली पनि एक हुन्। जो अमेरिकी नागरिकबीच चर्चित नाम हो। तर, अर्का भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामीले सबको ध्यान खिच्न सफल भएका छन्।

चर्चित ‘वोक’ पुस्तकका लेखक यी रामास्वामी करोडपति पनि हुन्। अमेरिकाका करोडपति व्यवसायीको सूचीमा रहेका रामास्वामीलले गत फेब्रुअरीमै एउटा टेलिभिजन कार्यक्रममार्फत आफू अब राष्ट्रपतिको चुनाव लड्ने संकेत गरेका थिए। तर, मार्चमा मात्रै उनले औपचारिक घोषणा गरेका हुन्।

‘नयाँ अमेरिकी सपनाका लागि सांस्कृतिक आन्दोलन जरुरी छ र त्यसको नेतृत्व मैले नै गर्नेछु’ उनको एउटै नारा अहिले अमेरिकीमाझ चर्चित छ ‘हामीसँग एकअर्कालाई बाँधेर राख्ने वा जोड्नका लागि कुनै महान कुरा छैन भने विविधताको कुनै अर्थ छैन‘।’

यसअघि डोनाल्ड ट्रम्पले पनि यस्तै एउटा राष्ट्रवादी नाराले चुनाव जितेका थिए। उनको नारा थियो ‘अमेरिकन फर्स्ट’ अर्थात् ‘पहिलो प्राथमिकता नै अमेरिकी‘।’

रामास्वामी ३७ वर्षका छन्। ओहोयोमा जन्मिएका उनले हार्वड तथा येलमा पढेका थिए। त्यसपछि बायो टेक्नोलोजी क्षेत्रमा व्यवसाय सुरु गरेका उनले करोडौं कमाए। त्यसपछि उनले एसेट म्यानेजमेन्टको फर्म बनाएका थिए।

उनले भारतीय मूलकै एक चिकित्सक अपूर्वासँग विवाह गरे। कलेज पढ्दा नै प्रेममा परेपछि उनीहरूले विवाह गरेका थिए। अपूर्वा तिवारी९रामास्वामी० एक फिजिसियन हुन्। उनीहरू दुई छोराहरू पनि छन्।

उनले अमेरिकामा उच्च शिक्षालाई मजवुत बनाउने र चीनमाथि अमेरिकाको आर्थिक निर्भरतालाई कम गर्नेजस्ता सुधारवादी नाराहरू पनि अघि सारेका छन्।

यसअघि भारतीय मूलकै अर्का एक नागरिक विक्रम मन्शारमणि २०२२ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीकै तर्फबाट ह्याम्पसायरमा अमेरिकी सिनेटको उम्मेवार भएका थिए।

यी रामास्वामीका कतिपय नाराहरू उनैसँग मेल खान्छन्। यी दुवैले भेटघाट पनि गरिसकेका छन् र आगामी निर्वाचनमा एकअर्कालाई साथ दिने वाचा पनि गरेका छन्।

‘पहिचानको राजनीतिले अमेरिकामा जरा गाडिसकेको छ। रामास्वामीले पनि यही कुरालाई ध्यान दिन जरुरी छ कि अब यसले अमेरिकीलाई जोड्ने होइन बरू फुटाउने काम गर्छ’ मन्शारमणि भन्छन् ‘त्यसैले रामास्वामीको विचार पनि यही हो कि कसरी अमेरिकीलाई एकै सुत्रमा बाँध्न सकिन्छ। त्यसको एक सुत्र उनी आफै बन्नसक्छन्।’

तर, केही भारतीय मूलका अमेरिकी नागरिक भने उनको राजनीतिक विचारसँग सहमत छैनन्।

डेमोक्रेटिक पार्टीका समर्थक रहेका नरसिंहन भन्छन् ‘रामास्वामी एक ब्यापार गर्ने मान्छे हुन्। हुन त उनका सारा रेकर्डहरू क्लियर छन् तर पनि उनीसँग धेरै योजनाहरू छैनन्।’

रिपब्लिकन पार्टीकै समर्थन गर्ने भारतीय मूलका धेरै नागरिकहरूले पनि यसअघि रामास्वामीको नाम सुनेका थिएनन्।

‘म उनीसँग अहिलेसम्म भेट भएको छैन। तर, मैले सबैबाट सुनेको छु कि रामास्वामीसँग खुब धेरै पैसा छ। उनी धेरै राम्रो बोल्छन्’ रिपब्लिकन पार्टीका समर्थक डा। सम्पत शिवांगी भन्छिन् ‘अब चुनाव के हुन्छ रु त्यो हेर्न बाँकी छ।’

अर्का भारतीय मूलका अमेरिकी नागरिक हुन् डेनी गायकवाड। उनले जर्ज डब्ल्यू बुश राष्ट्रपति चुनाव लड्न उनको चुनावी अभियानका लागि आर्थिक जोहो गर्न खटिएका थिए।

‘रामास्वामीले अलि आत्तिएर निर्णय गरे। अझै बेला भइसकेको थिएन’ उनी भन्छन् ‘सायद यति चाँडै नै चुनावी दौडमा सामेल हुने निर्णय नगरेको भए सायद धेरैले सवाल गर्ने थिएनन् होला।’

तर, रामास्वामीको हिम्मतलाई भने सम्मान गर्नैपर्ने उनको भनाइ छ।

भारतीय मूलका धेरै अमेरिकीलाई लाग्छ कि अन्तिममा तीन जनाबीच नै प्रतिष्पर्धा हुनेछ। जहाँ फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस, निकी हेली र डोनाल्ड ट्रम्प राष्ट्रपतिको दौडमा हुनेछन्।

तर, अहिले पनि ट्रम्पको उम्मेदवारी कानुनी कठघरामा अड्किएको छ। र, रामास्वामीले आफू अब कुनै पनि हालतमा पछि नहट्ने बताउँदै आएका छन्। डिसेन्टिस र हेली पनि उत्तिकै बलिया दाबेदार हुन्।

डा. शिवांगीलाई लाग्छ कि अन्तिममा छान्नै परेर भारतीय मूलका अमेरिकी नागरिकले निकी हेलीलाई नै आफ्नो उम्मेदवार बनाउनेछन्। किनकी उनी पनि एक भारतीय मूलकी अमेरिकी हुन्। यद्यपि, ट्रम्पसँग अहिले पनि ४० प्रतिशत ‘रेटिङ’ छ।

राजनीतिक मतभेद भए पनि अहिले अमेरिकाका भारतीय मूलका समुदायमा खुसी यो छाएको छ कि अमेरिकी राजनीतिमा पनि भारतीयको हिस्सेदारी बढिरहेको छ।

‘हाम्रा सन्ततीले कुनै रामास्वामी या खन्ना वा कृष्णमूर्तिहरूले चुनाव लडेर जितेको देख्छन् भने त्यो भन्दा खुसीको कुरा अरू के हुनसक्छ र रु’ नरसिंहन भन्छन्।

रामास्वामीले चुनावका लागि अघि सारेका १० सत्य

– ईश्वर साक्षात् छन्।
– जगतमा दुईमात्रै लिङ्ग छन् (महिला र पुरुष)।
– मानव विकासका लागि जीवाश्म (खनिज)इन्धन जरुरी छ।
– नकारात्मक नश्लवादी नै विभेदकारी हुन्।
– कुनै देशको खुला सिमानाको मतलव यो हो कि उसले आफ्नो कुनै पनि सीमाना तय गरेको छन।
– माता–पिताले नै आफ्नो सन्ताको शिक्षा निर्धारण गर्छन्।
– एकल परिवार मानव जातिका लागि अहिलेसम्म ज्ञात भएका शासनमध्ये सबैभन्दा महान हो।
– पूँजीवादले मानवजातिलाई गरिबीबाट माथि उठाउँछ।
– अमेरिकी सरकारको तीनमात्रै शाखाहरू छन् चार होइनन्।
– अमेरिकी संविधान इतिहासमा स्वतन्त्रताको सबैभन्दा बलियो ग्यारेन्टीकर्ता हो।

र, उनले अघि सारेका यी हरेक बुँदाहरू अहिलेको विश्व समाजमा विवादित र विभाजित मुद्दाहरू हुन्।

बीबीसीको सहयोगमा

Previous Post

मेसी र गोमेजको गोलमा इन्टर मियामी विजयी

Next Post

घडीभित्रका पुर्जामा सुन लुकाएर तस्करी

सम्बन्धित खबर

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
Load More
Next Post
घडीभित्रका पुर्जामा सुन लुकाएर तस्करी

घडीभित्रका पुर्जामा सुन लुकाएर तस्करी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In