ड्राई फ्रुट्सको रुपमा किसमिस खान मीठो हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुरलाई सुकाएर किसमिस बनाइन्छ । अङ्गुरलाई सुकाउने तरिकाअनुसार किसमिस कालो, हरियो, सुनौलो विभिन्न रङका हुन्छन् । खीर, हलुवा जस्ता खानाको स्वाद बढाउन किसमिसको यिनीहरूको प्रयोग हुन्छ । किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छ ।
किसमिसलाई ड्राइफ्रुटको रुपमा सुक्खै खान पनि सकिन्छ । तर यसमा भएको गुणको बढी फाइदा उठाउने हो भने यसलाई रातभरि सफा पानीमा भिजाएर बिहान खाँदा राम्रो हुन्छ । यसो गर्दा पाचनसम्बन्धी समस्याबाट मुक्त गराउँछ र शरीरमा रगतको कमी हुन पाउँदैन । किसमिसले स्वास्थ्यमा पु-याउने फाइदाहरु धेरै छन्—
– किसमिसमा हाड बलियो पार्ने क्याल्सियम प्रशस्त्र मात्रामा पाइन्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग र विशेष गरी घुँडा लगायतका जोड्ती दुख्ने यसले ठीक गर्छ ।
– किसमिसमा भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड पाइन्छ र आँखाका लागि राम्रो हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट गुणले फ्रि रेडिकलसँग लड्न मद्दत गर्छ । उमेर बढ्दै जाँदा हुने आँखाको क्षतिलाई रोक्छ ।
– किसमिस खाँदा कोलेस्ट्रोलबाट बचिन्छ, स्मरणशक्ति बढ्छ, एनिमियामा फाइदा पुग्छ, एसिडटी भाग्छ, तौल बढ्छ, गिजा स्वस्थ रहन्छ, मिर्गौला र कलेजो सुरक्षित रहन्छ ।













