कक्षामा शिक्षकले पढाइरहेका बेलामा रमेश हल्ला गरिरहेको थियो ।
शिक्षकः रमेश त अघिदेखि हल्ला गरिरहेको छस् । ल भन त १० फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ ?
रमेशः सर १ मिनेट पनि लाग्दैछ ?
शिक्षकः कसरी ?
रमेशः सर त्यो पर्खाल त अघि नै १० जनाले बनाइसके नि ।
छिमेकीको हो नि त
पहिलोः जब बिहान बिहान मेरो कुकुरले आफ्नो मुखले पत्रिका टिपेर मलाई दिन्छ तब मेरो छिमेकी साह्रै रिसाउँछ भन्या ।
दोस्रोः किन ?
पहिलोः त्यो पत्रिका छिमेकीको हो नि त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













