आपूmलाई चिन्नलाई, अन्तस्करण शान्त हुनुप-यो । अन्तस्करण इन्द्रियहरूको चञ्चलताले अशान्त हुन्छ । त्यसो भएर इन्द्रियहरूलाई चञ्चल गर्ने सबै तरिका, समय, साधनको समझ र आवश्यक परेमा त्याग हुनुप¥यो । सजग कर्ममा – आपूmको सौम्य उपस्थिति भइरहेको शान्ति, आनन्द र नूतनताले बताइरहन्छ । ईश्वर, वेद, धर्म मान्यता, आपूmका सूक्ष्म तरङ्ग हुन् ।
देश, समाज, कुल, घर, सम्पत्ति, पुत्र मान–स्थूल तरङ्ग हुन् । आपूm नभए दुवै तरङ्ग छैनन्, शरीर आपूmको छाया हो । आपूm नै नभए छाया कसको (आपूm जहाँ गए पनि प्रकाशको परिस्थिति अनुसार) छाया (भिन्न भिन्न देह) मिलिहाल्छन् ।
समग्र चेतनाको माधुर्य, शान्ति, स्वतन्त्रता मनुष्य देहका मात्रै सम्भव छ । यस गन्धर्व, देवीद्यौता सबै इच्छाका आकार हुन् । पशुपक्षी, असुर, राक्षस, हिंस्रक जानवर सबै अशुभ सङ्कल्पका फल हुन् । केवल सहज जीवन, जसमा ज्ञान ध्यान, वैराग्य र सरलता छ । त्यो मात्रै साँचो, पूर्ण र दिव्य मानवको ईश्वरत्व, भगवत्ता हो । यो भगवत्ता जसमा छ, त्यै भागवत हो ।
अहं–आकाश, चित्त–स्फुरणवायु, मन–अग्नि (सङ्कल्प ज्वाला विकल्प–धुवाँ) बुद्धि–जल–प्रवाह (जीवनत्व) यी चार मिलेर देह–पृथ्वी–स्थूलको निर्माण गर्छन्, जो स्थूल पृथ्वीमा छ त्यही मनुष्य देहमा छ ।
अहं सदाशिवि हो, चित्त–महाशक्ति हो, मन–अग्नि सूर्यचन्द्रमा हो, जल–बीज, वीर्यको सूक्ष्म तत्वमा रहने विष्णुत्व, नारायणत्व हो ।
वेनबाट पृथु जन्माए झैं अब फेरि नवीन मन्थनको आवश्यकता छ । मन्थन नगरेर वेनको शरीर मात्रै सम्हाली राखेर केही लाभ छैन ।
पृथु–अर्चि भनेको– धारणा र अर्चनाको नवीन, मौलिक विकास हो । वेन, भनेको भ्रम, अहं, धूर्तता हो, यसैको मन्थनले साहस, धैर्य, प्रज्ञा र सारतत्व आउँछ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













