• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बलिउडमा अभिनेत्रीहरुको दबदबा

by
२ भदौ २०८०,
0
बलिउडमा अभिनेत्रीहरुको दबदबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतमा करोडौं कमाउने फिल्ममा अभिनय गरेर भारतीय कलाकारले दशकौंदेखि आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन् । विदेशी प्रोडक्सन हाउसले पनि उनीहरुलाई सम्मानसहित फिल्ममा ‘कास्ट’ गर्ने गरेका छन् ।

यो चलन निरन्तर जारी रहनेछ किनभने अहिले बलिउड अभिनेत्रीले विदेशी फिल्ममा विशेषगरी हलिउडमा आफ्नो दबदबा कायम गरिरहेका छन् । चार दशकअघि पहिलो भारतीय अभिनेत्री पर्सिस खम्बाटाले अभिनय गरेपछि करिब एक दर्जन अभिनेत्रीले हलिउडमा आफ्नो अभिनय कला स्थापित गरिसकेका छन् ।

फिल्म पण्डितका अनुसार यसको पछाडि ती अभिनेत्रीको प्रतिभा मात्र नभई उनीहरूको विश्वव्यापी फ्यान फलोइङ पनि जिम्मेवार छ । अब यो सूचीमा अभिनेत्री आलिया भट्टको नाम पनि परेको छ । आलियाले नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’ बाट हलिउडमा डेब्यु गर्दैछिन् । यसलाई बेलायती फिल्म निर्माता टम हार्परले निर्देशन गर्दैछन् । साउथकी सुपरहिट अभिनेत्री सामन्था प्रभु पनि हलिउडमा आफ्नो शक्ति देखाउन तयार छिन् ।

उनी फिल्म ‘एरेन्जमेन्ट अफ लभ’ बाट हलिउडमा डेब्यु गर्दैछिन् । फिलिप जोनको फिल्ममा सामन्थाले जासूस एजेन्सी चलाउने उभयलिंगी तमिल महिलाको भूमिका निर्वाह गर्नेछिन् ।

ज्याकलिन फर्नान्डिजले पनि हलिउडमा काम गर्ने मौका पाएकी छन् । हालै उनले ‘टेल इट लाइक अ वुमन’बाट हलिउड डेब्युको घोषणा गर्दै पोस्टर सार्वजनिक गरेकी छिन् । विश्वका विभिन्न भागबाट आठ जना महिला निर्देशकले निर्देशन गर्नेछन् ।

फिल्ममा जेनिफर हडसन, ताराजी पी। हेन्सन, कारा डेलिभिङ्ने लगायतका कलाकारको अभिनय छ । यो एन्थोलोजी फिल्ममा ज्याकलिनको कथालाई लीना यादवले निर्देशन गर्नेछिन् । यसै वर्ष रिलिज हुन लागेको यो फिल्मको छायांकन इटाली, भारत, जापान र अमेरिकामा गरिएको छ ।

हालै अनिल कपुरको वेब सिरिज ‘नाइट म्यानेजर’मा देखा परेकी शोभिता धुलिपाला पनि हलिउड डेब्युलाई लिएर चर्चामा छिन् । उनले देव पटेल निर्देशित एक्सन थ्रिलर चलचित्र ‘मन्की म्यान’बाट हलिउडमा डेब्यु गर्दैछिन् । तर विदेशी फिल्ममा भारतीय कलाकार काम गर्ने प्रक्रिया ३० को दशकमा मात्रै सुरु भएको थियो ।

हलिउडमा काम गर्ने भारतका पहिलो अभिनेता साबु दस्तगीर थिए जसले १३ वर्षको उमेरमा हलिउडमा डेब्यु गरेका थिए । साबुले ‘द ड्रम’, ’द थिफ अफ बगदाद’, ’अरेबियन नाइट्स’, ‘कोबरा वुमन’ र ’तान्जार’ जस्ता धेरै फिल्महरू गरे, जसमा सन् १९३५ मा रोबर्ट जे फ्लाहर्टीको फिल्म ’एलिफन्ट ब्वाइ’ लगायत थिए ।

सन् १९४२ मा फिल्म ‘द जंगल बुक’मा मोगलीको भूमिका निर्वाह गरेर उनले धेरै प्रशंसा कमाए । भारत छोडेपछि साबुले अमेरिकी नागरिकता लिएका थिए । उनको ३९ वर्षको उमेरमा निधन भएको थियो । यद्यपि, हलिउड फिल्ममा काम गर्ने पहिलो अभिनेत्री पर्सिस खम्बाटा थिइन्, जसले ’स्टार ट्रेक’ स् द मोसन पिक्चर ९१९७९० मा लेफ्टिनेन्ट ल्यालाको भूमिका खेलेर प्रसिद्धि हासिल गरिन् ।

केए अब्बासको फिल्म बम्बई रातकी बाहों मे ९१९६८० बाट हिन्दी सिनेमामा डेब्यु गर्ने पर्सिसले आफ्नो हलिउड भूमिकाको लागि आफ्नो शिर खौराएकी थिइन् । उनी यस भूमिकाका लागि उत्कृष्ट अभिनेत्रीको लागि सैटर्न अवार्डको लागि मनोनीत भएकी थिइन् ।

प्रियंका चोपडादेखि फ्रिडा पिन्टोसम्म

बलिउडमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेपछि प्रियंका चोपडाले हलिउड फिल्ममा काम गरिन्, अहिले उनी त्यहाँ पनि ठूलो नाम बनेकी छिन् । पहिले क्वान्टिको सिरिज, त्यसपछि ’द ह्वाइट टाइगर’, ’बे वाच’, ’अ किड लाइक ज्याक’ र ’पिंक प्यान्थर’ जस्ता फिल्महरूमा उनले काम गरेकी छिन् ।

उनका ‘वर्ल्ड अफ क्यालम’, ‘इट्स माइ सिटी’ र ‘सुपरसोल’ जस्ता हलिउड शो पनि आएका थिए । हालै उनको फिल्म ‘लभ अगेन’ रिलिज भएको छ । हलिउड फिल्म ‘सिटाडेल’ को प्रमोसनका लागि हालै भारत आएकी प्रियंकाले हलिउडमा स्थान बनाउन धेरै पापड पेल्नु परेको बताइन् ।

उनले भनिन्, ‘म १० वर्षदेखि हलिउडमा छु र अहिले मानिसले हामीलाई समेत विश्वास गर्न थालेका छन् । म त्यहाँबाट टाढिएको छैन । अहिले बलिउडका मानिसप्रति उनको दृष्टिकोण बदलिएको छ । १० वर्ष काम गरेपछि, म यस्तो बिन्दुमा पुगेको छु, जहाँ मैले त्यस्ता भूमिकाहरू गरिरहेको छु जसका लागि मैले धेरै मेहनत गरेको छु ।’

तब्बुले दुई हलिउड फिल्म ‘द नेमसेक’ ९२००७० र ‘लाइफ अफ पाइ’ ९२०१२० मा काम गरिसकेकी छिन् । ऐश्वर्या राय बच्चनले गुरिंदर चड्ढाको ’ब्राइड एन्ड प्रिज्युडिस’, ’प्रोवक्ड’, ’द पिंक प्यान्थर २’, ’द लास्ट सिजन’ जस्ता हलिउड फिल्महरूमा काम गरिन् ।

प्रियंकाबाहेक हिन्दी सिनेमाकी अर्की दिग्गज अभिनेत्री दीपिका पादुकोणले पनि हलिउडमा काम गरिसकेकी छिन् । उनले एकसन थ्रिलर ‘एक्सएक्सएक्स स् रिटर्न अफ जेन्डर केज’मा विन डिजेलसँग महत्वपूर्ण भूमिकामा काम गरेकी थिइन् । दीपिका भन्छिन्, ‘हलिउडकर्मी कुनै फिल्मलाई भारतीय होस् वा विदेशीको दृष्टिकोणबाट हेर्दैनन्, बरु, आफ्नो कला प्रस्तुत गर्ने माध्यमको रूपमा मात्र हेर्छन् ।’

उनी भन्छिन्, ‘यदि मैले भारत बाहिर यो काम गर्ने मौका पाएँ भने यो मेरो लागि खुसीको कुरा हुनेछ । हलिउड होस् वा अन्य विदेशी भाषामा ।’ कुनै समय किसिङ क्वीन भनेर चिनिने मल्लिका शेरावतले विदेशी उत्पादनको थ्रिलर फिल्म ‘हिस’बाट हलिउडमा डेब्यु गरेकी थिइन् । आफ्नो दोस्रो हलिउड फिल्म ‘पोलिटिक्स अफ लभ’मा ब्रायन जे। सेतोसँग स्क्रिन सेयर गरिन् ।

हालै ’रकी और रानीकी प्रेम कहानी’मा देखिएकी शबाना आजमीले सन् १९८८ मा फिल्म ’म्याडम सुसात्का’ बाट हलिउडमा डेब्यु गरेकी थिइन् । उनले ‘सिटी अफ जोय’, ‘इन कस्टडी’ र ‘बेंगाली नाइट’ फिल्ममा पनि काम गरिन् ।

ओस्कार विजेता फिल्म ‘स्लमडग मिलेनियर’मा लतिकाको भूमिका निर्वाह गरेकी फ्रिडा पिन्टोले हलिउडका ‘मिराकल’, ‘डे अफ द फाल्कन’, ‘लभ वेडिङ रिपीट’, ‘इन्ट्र्युसन’जस्ता हलिउड फिल्ममा काम गरिसकेकी छिन् । साउथ फिल्ममा ठूलो नाम मानिने श्रिया सरनले फिल्म ‘द अदर एन्ड अफ द लाइन’बाट हलिउडमा डेब्यु गरेकी थिइन् ।

धेरै तमिल फिल्ममा काम गरिसकेकी भारतीय मूलकी पूजा कुमारले ’फ्लेवर्स’, ’म्यान अन अ लीज’, ’पार्क शार्क्स’, ’बलिउड बिट्स’, ’एनिथिङ फर यु’जस्ता हलिउड प्रोजेक्टहरूमा काम गरिसकेकी छिन् । ककटेल र बब विश्वास जस्ता हिन्दी फिल्ममा देखिने टिना देसाईंले हलिउड फिल्म ‘द बेस्ट एक्सोटिक मेरिगोल्ड होटल’बाट हलिउडमा डेब्यु गरेकी हुन् ।

यति मात्र होइन, उनले अमेरिकी सिरिज ‘सेन्स ८’ र ‘थोमस एन्ड फ्रेन्ड्स’मा पनि काम गरेकी छिन् । डिम्पल कपाडियाले क्रिस्टोफर नोलनको फिल्म ‘टेनेट’ मा पनि काम गरेकी थिइन्, जसको धेरै छायांकन भारतमा भएको थियो ।

बीबीसी हिन्दीबाट अनुदित

Previous Post

शाहरुख खानको ‘जवान’ ले नयाँ रेकर्ड राख्ने प्रक्षेपण

Next Post

भदौ ४ गते सार्वजनिक बिदा

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा

भदौ ४ गते सार्वजनिक बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In