• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आँखा पाक्ने रोगको सङ्क्रमणका कारण भक्तपुरका धेरै विद्यालय बन्द

by
२ भदौ २०८०,
0
यी हुन् बच्चाको आँखा कमजोर भएको थाहा पाउने संकेतहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ ।

सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले यहाँ सञ्चालिन विद्यालयहरुमा गरेको सर्वेक्षणमा करिब छ प्रतिशत विद्यार्थीमा रोगको सङ्क्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए । नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक विद्यालयमा अध्ययन गर्ने कूल विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण बढेको देखिएपछि विद्यालयको पठनपाठन बन्द गर्ने अधिकार नगरपालिकाले सम्बन्धित विद्यालयलाई प्रदान गरेको उनको भनाइ थियो ।

नगरप्रमुख खत्रीले भने, “आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै नजिकका नगरपालिकाले विद्यालय बन्द गराएको थाहा पाइयो, हाम्रो नगरपालिकाको अवस्था बुझ्न विद्यालयमा गरिएको सर्वेक्षणमा ३५ प्रतिशत विद्यार्थीमा सङ्क्रमण पाइयो तर नगरपालिकाले विद्यालय बन्द गराउनुभन्दा पनि यो रोगको सङ्क्रमण फैलिन नदिन अवस्था हेरेर सम्बन्धित विद्यालयले निर्णय लिनसक्ने अधिकार प्रदान गर्‍यौँ ।”

नगरपालिकामा प्रमुख खत्रीको नेतृत्वमा बसेको शिक्षा, स्वास्थ्यलगायत विभिन्न शाखाका पदाधिकारीको बैठकले विद्यालयका शिक्षक, विद्यार्थीको आँखा पाक्ने रोगको सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आफ्नो विद्यालयको परिवेशअनुसार बढीमा सात दिनसम्म विद्यालयको पठनपाठन स्थगन गर्न सकिने गरी व्यवस्था गर्ने अधिकार विद्यालयलाई दिएको छ ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले शिक्षा शाखा, स्वास्थ्य शाखा र चाँगुनारायण अस्पतालको मेडिकल अधिकृतसहितको टोलीले नगर क्षेत्रभित्रका विभिन्न स्कुलमा आँखा पाक्ने रोगको स्क्रिनिङ तथा उपचारको क्रममा ३५ प्रतिशत विद्यार्थीमा समस्या देखिएको पाइएको बताए । उनले करिब चार सय विद्यार्थीमा गरिएको परीक्षणमा एक सय ३५ भन्दाबढी विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण देखिएकाले विद्यार्थीलाई औषधि उपलब्ध गराई घरमै बस्न सुझाव दिइएको बताए ।

यो सरुवा रोग भएकाले विद्यार्थीमा सङ्क्रमण बढ्न सक्ने बताउँदै उनले सङ्क्रमण धेरै बढे विद्यालयमा पठनपाठन स्थगन गर्न सकिने उल्लेख गरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले भने कतै अत्यधिक र कतै न्यून मात्रामा सङ्क्रमण देखिएकाले यसको न्यूनीकरणका लागि केही दिनका लागि विद्यालय बन्द गर्नुपर्ने बताए । यता सूर्यविनायक नगरपालिकाले पनि आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि तीन दिनका लागि विद्यालय बन्द गरेको छ ।

नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकामा केहि दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेपछि नगरभित्रका सबै विद्यालय तीनदिनका लागि बन्द गराएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए । महामारी रोकथामका लागि अहिले दिइएको बिदा हिउँदे बिदाबाट कट्टा गराउने व्यबस्था गरिएको उनले बताए ।

त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पनि आफ्नो नगरभित्र आँखा पाक्ने रोगको सङ्क्रमण बढेको भन्दै यसको रोकथामका लागि भदौ २ गतेसम्मका लागि यहाँका संस्थागत एवं सामुदायिक विद्यालय बन्द गराएको छ । नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले नगरपालिकाले सुरुमा दुई दिन र पछि तीन दिन थप गरि पाँच दिनका लागि सबै विद्यालय बन्द गराएको जानकारी दिए ।

भक्तपुर नगरपालिकाले भने विद्यालय बन्द गराउनेबारे कुनै निर्णय लिएको छैन । अभिभावकले भने दुईचार दिन विद्यालय बन्द गराएर आँखा पाक्ने रोगको सङ्क्रमण न्यून नहुने भएकाले पठनपाठन बन्द गर्न नहुने बताए ।

सङ्क्रमण रोक्न विद्यालयहरुमा आँखाको औषधि राख्नुपर्ने, साबुनपानीले हात धुन लगाउनुपर्नेबारे कक्षाकक्षामा चेतना फैलाउनुपर्ने र रोग लागेका विद्यार्थीलाई केही दिन बिदा दिएर अरुका लागि पठनपाठन चालु गराउनुपर्नेमा जोड दिए ।

Previous Post

तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना

Next Post

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In