गाईको दूधबाट बनाइएको घिउले खानाको स्वाद दुईगुणा बढाउँनुका साथै यो स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटिन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । गाईको शुद्ध तथा ताजा घिऊको प्रयोग गर्दा अन्य धेरै फाइदाहरु छन्—
– कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ यस्तो बेलामा गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।
– हातगोडा पोल्ने समस्यामा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ
– लामो समयसम्म बाडुली लागेमा आधा चम्चा गाईको घिउ खाँदा तत्कालै बाडुली बन्द हुन्छ ।
– आजकल धेरैले कपाल झर्ने समस्या भोगिरहेका छन् । यसबाट धेरै पुरुष तथा महिलाहरू ग्रस्त छन् । कपाल झर्ने समस्याबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।
– दिनदिनै गाईको घिउ खाँदा एसिडिटीको समस्याको समाधान हुनुको साथै कब्जियतको समस्या पनि भाग्छ ।













