बिरामीः डाक्टर साब म एक सय वर्ष बाँच्न सक्छु ?
डाक्टरः तिम्रो लाइफ स्टाइलमा भर पर्ने कुरा हो ।
तिमी रक्सी खान्छौ ?
चुरोट खान्छौ ?
बजारको खाना खान्छौ ?
बजारिया युवतीसँग सम्पर्क राख्छौ ?
तासजुवा खेल्छौ ?
बिरामीः अहँ ! डाक्टर साब म केही पनि गर्दिनँ ।
डाक्टरः त्यसो भए भाइ तिमी त जिउँदै मरिरहेका छौ ।
हेरिरहेको छु
बाबुः छोरा ! तँ जा बारीमा मकै खाना बाँदर आउँछन् हेर ।
छोराः हुन्छ बुवा म हेरिहाल्छु नि । बारिमा गएर बाँदरले मकै खाएको हेरिरहन्छ । बारीका सबै मकै एकै छिनमा खत्तम हुन्छन् ।
बाबुः रिसाउँदै हैन बाँदर हेर भनेको तैँले के हेरिस् ? मकै त छैनन् त हँ ?
छोराः बारीमा बाँदर हेर्न पठाएको हैन त मलाई ? त्यसैले म त बारिमा बाँदर हेरेर बसिरहेको छु । हा…हा…हा..
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













