१. शिक्षाको व्यापक अर्थ समेट्ने भनेको के हो ?
– शिक्षा भनेको विद्यालयीय शिक्षा हो ।
२. शिक्षा जीवन हो, जीवनको तयारी होइन भन्ने भनाइ कसको हो ?
– जोन डिबे ।
३. शिक्षा एक यस्तो प्रक्रिया हो, जसले बालकको अन्तरनिहीत शक्तिलाई बाहिर ल्याउँछ । यो भनाइ कसको हो ?
– फ्रोबेल ।
४. शिक्षाको व्यापक अर्थको विश्लेषण गर्न तलका मध्ये कुनले सहयोग पु¥याउँछ ?
– अन्तरनिहीत क्षमताको विकास
– संगठनात्मक गतिविधिको विकास
– व्यक्तिगत व्यक्तितव र चरित्रको विकास ।
५. अरस्तुले शिक्षालाई कसरी अथ्र्याएका छन् ?
– स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो ।
६. ऋग्वेदले शिक्षाको अर्थलाई कसरी लिएको छ ?
– शिक्षाले मानिसलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ ।
७. औपचारिक शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ?
– विद्यालय महाविद्यालयबाट प्राप्त हुने शिक्षा
– निश्चित पाठ्यक्रम र निश्चित समयमा प्राप्त हुने शिक्षा
– प्राप्त ज्ञान र सीपका आधारमा प्रमाणपत्र प्रदान गर्ने शिक्षा ।
८. अनौपचारिक शिक्षाको स्वरुप कस्तो हुन्छ ?
– समय, शिक्षण प्रक्रिया पाठ्यवस्तु, लचिलो हुने
– जीवन निर्वाह गर्नका लागि सहयोगी हुने
– तत्कालीन उपयोगितामा आधारित हुने ।
९. मानिसको पूर्ण विकास नै शिक्षा हो भन्ने भनाइ कसको हो ?
– कमेनियस ।
१०. युनेस्कोद्वारा प्रतिपादित शिक्षाको उद्देश्यले कुन कुरामा मोड दिएको छ ?
– विश्व एकता, विश्व प्रेम र विश्व बन्धुत्व ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













