भरतः तिमी कुन पार्टीको मान्छे हो ?
पुष्पः कस्तो पार्टी भन्नुभा भन्या ?
भरतः एमाले की राप्रपा कि, एमाओ वादी कि, समाजवादी पार्टी कि, कुन पार्टीको मान्छे हो भन्या ?
पुष्पः ए त्यस्तो पार्टी पो भन्नु भाको हो, म त उता जोरपार्टीको मान्छे नि ।
पाइन्टबिना
श्रीमतीः पाइन्टको टाँक लगाउन भ्याइनँ भन्ने बित्तिकै त्यसरी रिसाउनु पर्दछ त ? भन्नुहोस् त त्यो पाईन्ट महत्वपूर्ण कि म महत्वपूर्ण ?
श्रीमान्ः तिमी बिना त जाहाँ जता पनि जान सक्छु तर त्यो पाईन्ट नलगाईकन त घरबाट पनि बाहिर निस्कन सक्तिनँ. हा हा हा ….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













