१. ईश्वरले प्रत्येक मनुष्यको जीवनमा यस्तो एउटा सुअवसर अवश्य दिन्छन्, जसको लाभ लिएर मानिसले धन सम्मानका साथ आफ्नो जीवन व्यतित गर्न सक्दछ ।
२. प्रश्न यो हो कि कसले कति सुझबुझ र परिश्रमले त्यस अवसरको लाभ उठाउँदछ ।
३. अवसरबाट लाभ उठाउनमा असाधारण रुपले त्यही व्यक्ति सफल भएका छन्, जसले प्राप्त अवसरमा सुधार ल्याएर तिनलाई आफ्नो अनुकूल बनाउने प्रयत्न गरे ।
४. गाईको घाँटीमा बाँधिएको घण्टीको मधुर संगीत होस् वा नारीको पायलको छमछम्, तिनको झन्कारमा लुकेको संगीत हरेक संवेदनशील मानिसको मनका तारलाई झंकृत पारिदिन्छन् र मन प्रफुल्ल र प्रसन्न भइहाल्दछ ।
५. मनमा आशा र उत्साहको सञ्चार गर्नका लागि संगीतलाई आफ्नो साथी बनाउनुहोस् अनि हेर्नुहोस यसको चमत्कार ।
६. केही मानिसको आवाजमा मधुरता हुन्छ, मानौँ कुनै बगैँचामा पाकेका फलफूलको वास्ना आइरहेको होस् । यस्ता मानिस जहाँ पुगे पनि वातावरणमा संगीतमय मधुरिमा फैलिन्छ । यस्ता व्यक्तिलाई हरेक मानिसले आफ्नो समीप चाहन्छ र कुराकानी गर्न चाहन्छ ।
७. जसरी सूर्यको ताप वनस्पतिका लागि लाभदायक छ त्यसरी नै हाँसो पनि शरीरका लागि लाभदायक छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













