काठमाडौँ । बलिवुड फिल्म गदर–२ ले रिलिजको पाँचौं दिन २ सय करोडको आँकडा पार गरेको छ ।
फिल्मले मंगलबार मात्र भारतीय बक्स अफिसमा ५५ करोड ४० लाख कमाई गर्दै कुल २२८ करोड ९८ लाख भारु कमाई गरेको हो ।
फिल्मले रिलिजको पहिलो दिन ४०.१० करोड, दोस्रो दिन शनिबार ४३.०८ करोड, आइतबार ५१.७० करोड र सोमबार ३८.७० करोड कमाई गरेको थियो ।
त्यस्तै गदर(२ सँगै रिलिज भएको अर्को बलिवुड फिल्म ओएमजी(२ ले अहिलेसम्म ७२ करोड २७ लाख कमाई गरेको छ । फिल्मले मंगलबार १७।१० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले पहिलो दिन शुक्रबार १०।२६ करोड कमाई गरेको थियो भने शनिबार १५।३० करोड, आइतबार १७।५५ करोड र सोमबार १२।०६ करोड कमाई गरेको थियो ।













