उमेर पुगेका मानिसले मात्र होइन भर्खरका युवायुवतीहरुको पनि पराग र गुटखा खाने बानी हुन्छ । युवाअवस्थामै गुटखा, पराग खाने बानी लाग्यो भने त्यसको लत छुटाउन निकै कठिन हुने गर्छ । यो ड्रग्सको लत जस्तै हुने गर्छ ।
पराग र गुट्खा खानेलाई मात्र होइन सँगै बस्नेलाई पनि हानी पु¥याउँछ । यसले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । गुटखा र परागमा रहेको कतिपय हानिकारक रसायनका कारण मानिसको डीएनएमा समेत गम्भीर असर पर्ने गर्छ । यसले श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगहरू पनि निम्त्याउने गर्छ ।
अदुवालाई स–सानो टुक्रा पारी कागतीपानीमा भिजाउने । त्यसमा थोरै ज्वानो र नुन पनि मिसाउनुपर्छ । यसरी बनेको मिश्रणलाई सुकाएर एउटा भाँडामा राखिराख्नुपर्छ । जब पराग र गुट्खा खाने तलतल लाग्छ त्यतिबेला अदुवाको मिश्रणलाई चपाईराख्नु पर्छ । यसले परागको आनन्द दिनुका साथै खाना अरुचि र कब्जियतको समस्याबाट पनि छुटकारा मिल्दछ ।
जिरा, सुकमेल, हरद, सुकेको अमलाको मिश्रण बनाई जतिबेला पराग खान मनलाग्ने हुन्छ त्यतिबेला यो मुखमा हाल्ने गर्नुपर्छ । यसले ग्याष्ट्रिकबाट छुटकारा पनि मिल्छ ।
कागती मिसिएको तातोपानीमा मह मिसाएर पिउँदा पराग र गुटखाको तलतलबाट छुटकारा लिन सकिन्छ । यसले नशाको हानिकारक रसायनलाई पनि नष्ट गर्छ ।
बराबर मात्रामा जिरा र जुवानोलाई भुटेर मिश्रण गर्ने । यसमा बिरे नुन र कागतीको रस मिलाउनुपर्दछ । यसलाई सुख्खा बनाएर भाँडोमा राखिराख्ने । पराग खान मनलागेको बेला यस मिश्रणलाई मुखमा चपाउनुपर्दछ । यसले लत छुटाउनुको साथै ग्याष्ट्रिकको समस्याबाट मुक्ती दिन्छ ।













