१. अहिंसाको लागि हिंसाको परित्याग गर्नुपर्दछ ।
२. प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ ।
३. यस्तो व्यक्ति न त भयो, न त हुनेछ जसको निरन्तर निन्दा मात्र हुन्छ अथवा निरन्तर प्रशंसा मात्रै हुन्छ ।
४. यो पुरानै कुरा हो कि जो बोल्छ उसको निन्दा हुन्छ, थो धेरै बोल्छ उसको पनि निन्दा हुन्छ । संसामा यस्तो कोही छैन जसको निन्दा कसैले नगरोस् ।
५. अनिन्दाका लागि निन्दाको त्याग गर्नुपर्छ ।
६. प्रत्येक वस्तु परिवर्तनशील हुन्छ । प्रत्येक वस्तु प्रकट एवम् लोप हुन्छ ।
७. आनन्दमय शान्ति त्यसबेलासम्म प्राप्त हुँदैन जबसम्म कुनै व्यक्ति जीवन र मृत्युको वेदनाभन्दा माथि पुग्दैन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













