विश्वको सबैभन्दा पाको उमेरमा सन्तान जन्माएर भारतका रामजीत राघवले विश्व कीर्तिमान कायम गरेका थिए । सन् २०१३ मा उनले ९७ वर्षको उमेरमा दोस्रो सन्तान जन्माएर उनी सबैभन्दा बूढो उमेरमा सन्तान जन्माउने पुरुषको कीर्तिमानमा दरिएका थिए ।
उनकी पत्नी ५० वर्षीया शकुन्तलादेवीको कोखबाट उक्त सन्तान जन्मिएको थियो । यद्यपि लोग्ने–स्वास्नीको उमेरमा चाहिँ ४७ वर्षको ठूलो ग्याप थियो । सम्भवतः अहिलेसम्म पनि यो रेडर्क ब्रेक भएको पाइएको छैन ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













