हिन्दू धर्ममा अत्यन्त महत्व दिइएका वेद, पुराण र ग्रन्थहहरूमा दिनदिनै बिहानीपख सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ । सूर्यलाई सबै ग्रहका स्वामी मानिन्छ । सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ । सूर्य कृपा पाउँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । सूर्यलाई जल चढाउँदा शरीर रोगहरूबाट मुक्त हुन्छ ।
सूर्यलाई जल चढाउनु धार्मिक रुपमा मात्रै नभएर वैज्ञानिक कारणले पनि उचित छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सूर्य एक तारा हो । यो आगोको एक गोला हो । सूर्यको प्रकाश धर्तीमा परेपछि दिनको शुरुवात हुन्छ ।
ऊर्जाको महत्वपूर्ण स्रोत हो सूर्य । सूर्यको ऊर्जा नहुने हो भने बोटबिरुवाले भोजन नै पाउँदैनन् । मनुष्य लगायत सबै जीवजन्तु र रुखबिरुवालाई जीवित रहनका लागि सूर्य आवश्यक हुन्छ । सूर्यको किरण शरीरमा पर्दा अनेकौं हानिकारक तत्व नष्ट गरिदिन्छ र नकारात्मक ऊर्जालाई भगाउँछ ।
सूर्यलाई जल चढाउँदा पानीको धाराको बीचमा सूर्यको किरण पर्दा जुन रंग निस्कन्छ त्यसले शरीरलाई धेरै लाभ दिन्छ । त्यसैले बिहानै उठेर सूर्यलाई जल चढाउँदा शरीरका लागि लाभकारी हुन्छ अनि ज्योतिषको दृष्टिबाट पनि सूर्यको कृपा प्राप्त हुन्छ । यसले जीवनलाई सुख र शान्ति दिन्छ ।













