• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाकिस्तानमा आतंकवादी हमलामा १३ मारिए

by
२९ साउन २०८०,
0
पाकिस्तानमा आतंकवादी हमलामा १३ मारिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबाद – पाकिस्तानको बलुचिस्तानमा भीषण आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ। आक्रमणकारीले चिनियाँ कम्पनीको गाडीलाई निशाना बनाएका थिए।

उक्त आक्रमण ग्वादरमा भएको थियो। चीन(पाकिस्ताान इकोनोमिक करिडोर (सीपीईसी) का कैयौँ परियोजनामा काम भइरहेको छ। आक्रमणमा चिनियाँ नागरिक मारिएका छन्। आक्रमणको जिम्मा बलुच लिबरेशन आर्मी (बीएलए) को आत्मघाती दस्ता माजिद ब्रिगेडले लिएको छ।

बीएलएले ग्वादर आक्रमणमा १३ जनाको मृत्यु भएको बताएको। मारिनेमध्ये चार चिनियाँ र ९ पाकिस्तानी सैनिक रहेका छन्। यसैगरी आफ्ना दुई लडाकु बेपत्ता भएको उसले बताएको छ।

ग्वादरमा लामो समयसम्म विस्फोट र गोलाबारीको आवाज सुनिएको स्थानीयले बताएका छन्। सडक पूरै बन्द गरिएको थियो। चिनियाँ इन्जिनियरको गाडीमा बिहान करिब साढे ९ बजे आक्रमण भएको थियो। दुई घण्टा बितिसक्दा पनि स्थिति निकै तनावपूर्ण देखिन्थ्यो।

बीएलएले बलुचिस्तानमा चिनियाँ लगानीको विरोध गर्दै आएको छ। चिनियाँ लगानीबाट बलुचिस्तानका बासिन्दालाई कुनै लाभ नहुने बताउँदै आएको छ।

आक्रमणपछि पाकिस्तानस्थित चिनियाँ वाणिज्य दूतावासले बलुचिस्तान र सिन्धमा रहेका आफ्ना नागरिकहरूलाई अर्को आदेश नभएसम्म घरभित्रै बस्न आदेश दिएको छ।

पाकिस्तानी सुरक्षा बलले दुई आक्रमणकारीको तस्बिर जारी गरेको छ। अस्पताल र स्थानीय स्रोतहरूले पनि आक्रमणमा धेरै व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

चीनले सीपीईसी परियोजनाहरूमा पाकिस्तानमा ४८ अर्ब डलरभन्दा बढी लगानी गरेको छ। यो वर्ष चीन र पाकिस्तानी सेनाबीच वार्ता भएको थियो।

चीनले पाकिस्तानले चिनियाँ नागरिक र बलुचिस्तानमा हुने आक्रमण रोक्न असफल भए राम्रो नहुने चेतावनी दिएको थियो। चीन भ्रमणमा रहेका वेला पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) का प्रमुख लेफ्टिनेन्ट जनरल नदीम अन्जुमलाई चीनले उक्त चेतावनी दिएको थियो। सेना प्रमुख जनरल असीम मुनिरको चीन भ्रमणका क्रममा पनि यो कुरा औंल्याइएको थियो।

चीन सीपीईसी र यसमा सहभागी चिनियाँ नागरिकको सुरक्षाका विषयमा निकै चिन्तित रहेको हालै साउथ चाइना मर्निङ पोष्टमा उल्लेख गरिएको थियो।

Previous Post

मर्मतपछि ९० लघु जलविद्युत आयोजनाको उत्पादन नियमित

Next Post

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको सिलान्यास छिट्टै गर्छौं – प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको सिलान्यास छिट्टै गर्छौं – प्रधानमन्त्री प्रचण्ड

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको सिलान्यास छिट्टै गर्छौं – प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In