विनिता र सीता एक दिन ढिला स्कुल पुगे त्यत्तिकैमा मिसले सोध्नुभयो—
मिसः तिमी किन ढिला विनिता ?
विनिताः मिस मेरो पैसा हरायो त्यसैले ।
मिसः अनि सीता नि ?
सीताः मैले ऊ गएपछि उसको पैसा टिपौँला भनेर कुल्चेर बसेकी थिएँ । ऊ त मरे पनि जाँदै गइन, खोजेर बसिरही त्यसैले म आउन ढिला भयो ।
नामर्दको औषधी
प्रेमिले प्रेमिकालाई एकान्तमा भेट्न बोलाउँथ्यो तर जस्तै सुनसान भए पनि प्रेमिले केही गर्दैनथ्यो । एक दिन उसले फेरि प्रेमिकालाई बोलायो ः
प्रेमीः म तिमीलाई फेरि अस्तीको ठाउँमा भेट्न आउँछु ल ।
प्रेमिकाः ल तर म केही लिएर मात्र आउँछु ।
प्रेमीः के लिएर आउँछ्यौ ।
प्रेमिकाः जति सुनसान ठाउँमा बसे पनि तिमी मलाई केही गर्दैनौँ नामर्दको औषधी लिएर आउँछु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













