१. मनको भाँडा धोएर घाममा सुकाऊ अनि त्यसमा दूध लिन जाऊ । शुभ कर्म नै दूध हो । सुर्ता जोरन हो । निष्काम भएर दूध जमाऊ । निद्रा नलाग्नु नै मदानीको नेती होस् । जिभ्रोले नाम जप्न नै दही मथ्नु होस् । यसरी नै नौनी रुपी अमृत सँगालेर झिक्नु ।
२. जो स्वयम्लाई उपदेशक ठान्छ, तर अरुको भिक्षामा गुजारा गर्छ, यस्ता मानिसको अघि आफ्नो शिर ननुगाऊ । जो आफ्नो परिश्रमबाट जीविका चलाउँछ र अरुको पनि पोषण गर्दछ, उही नै पथ–प्रदर्शन गर्न सक्दछ ।
३. हे साधक ! परमात्माको ज्ञानलाई गुरु बनाऊ, ध्यानलाई महुवा र शुभकर्मलाई बबूलको छाला बनाऊ । यी सबैलाई मिसाऊ । श्रद्धाको भट्टी र प्रेमलाई पाँचा ? जोरन बनाऊ । यसरी अमृत रस भएको मदिरा तयार पार ।
४. प्रत्येक प्राणीलाई समान ठान, मनलाई जित, किनकि आत्मा–विजय नै विश्व विजय हो । भगवानको जय–जयकार होस्, जो मूल हो, शुद्ध र अनादि हो, युगौँसम्म अमर, अविकारी र अपरिवर्तनीय छन्, तिनै प्रभुको जय–जयकार होस् ।
५. दिव्य ज्ञानलाई रोटी मान, दयालाई आफ्ना प्रबन्धक, ईश्वरीय संगीतलाई आफ्नो तुरहीमा गुन्जिन देऊ, किनकि ति नै हुन् एक अधिपति जसले सृष्टिलाई उनेको छ ।
६. केवल अगणित आडम्बर र रीतिरिवाज मानेर नै मोह र लिप्साबाट मुक्ति प्राप्त गर्न सकिन्न । जो सम्पूर्ण सुख आनन्द प्राप्त गर्न चाहन्छ उसले सर्वव्यापी आत्मालाई खोज्नुपर्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













