१. काठमाडौँ सुन्धारास्थित नयाँ धराहराको उद्घाटन कहिले भएको हो ?
– वि.सं. २०७८ वैशाखा ११ ।
२. माथिल्लो तामाकोशीको जलविद्युत आयोजनाको उद्घाटन कहिले भएको हो ?
– वि.सं. २०७८।०३।२१ ।
३. कुनै पनि मन्त्रालयलाई नतोकिएको काम कुन मन्त्रालयले गर्ने गर्दछ ?
– गृहमन्त्रालय ।
४. शताब्दी पुरुष भनेर कसलाई भनिन्छ ?
– सत्य मोहन जोशी ।
५. गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार हुन कति वर्ष पूरा भएको हुनुपर्छ ?
– २१ वर्ष ।
६. सगरमाथाको सबैभन्दा बढी पटक सफल आरोहण गर्ने महिला ओरोही को हुन् ?
– लाक्पा शेर्पा ।
७. ब्त्ः कार्ड प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक कुन हो ?
— हिमालयन बैंक लिमिटेड ।
८. नेपालमा सबै भन्दा बढी रक्तदान गर्ने व्यक्ति को हुन् ?
– प्रेम सागर कर्माचार्य ।
९. वि.सं. २०७६ मा नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वी प्रज्ञा पुरस्कार कसलाई प्रदान ग¥यो ?
– सत्यमोहन जोशी ।
१०. राष्ट्रिय परिचयपत्र पाउन कति वर्ष पूरा भएको हुनुपर्दछ ?
– १६ वर्ष ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













