काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघिद्ध उनले आज बिहान ११ः ३० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोालाएका हुन् ।
संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।













