काठमाडौं । गायिका समीक्षा अधिकारीले कमेन्ट गर्न नमिल्ने गरी आफ्ना तस्बिर सार्वजनिक गरेकी छिन् ।
सामान्यतया चाडपर्वको समयमा कलाकार मात्रै नभएर आम मानिस पनि अहिले सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । यसबीच गायिका अधिकारीले पनि फेसबुकमा आफ्ना तस्विर साझा गरेकी हुन् ।

मंगलवार अधिकारीले आफनो फेसबुकबाट केही तस्विर सेयर गर्दै सिमित व्यक्तिहरुले मात्रै कमेन्ट गर्न मिल्ने बनाएकी हुन् । निलो रंङको कपडा लगाएकी अधिकारी निकै बोल्ड देखिएकी छन् ।
उनले कुनै क्याप्सन नराखेर तस्विर साझा गरेकी हुन् । उनको तस्विरलाई २ हजार भन्दा धेरैले मन पराएका छन् भने २० भन्दा धेरै कमेन्ट आएका छन् ।
















