दमौली । अविरल वर्षापछि पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्डअन्तर्गत व्यास नगरपालिका– १२ देउरालीमा पृथ्वीराजमार्ग भासिएको छ । सडक विस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका कारण राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
राजमार्ग भासिँदा सवारी आवगमन एकतर्फी रुपमा मात्र सञ्चालन हुन पुगेको छ । एकतर्फी रुपमा सवारी आवागमन हुँदा राजमार्गमा सवारीसाधनहरु रोकिएका छन् । जसकारण यात्रुहरू समस्यामा परेका छन् । ठूला सवारीसाधन क्रस हुन नसक्ने प्रहरीले जनाएको छ ।













