१. अँग्रेजी मात्र हिन्दीको दुश्मन होइन हरेक भारतीय भाषाको विकासको मार्गमा हाम्रो संस्कृतिको उन्नतिको मार्गको बाधा हो ।
२. जो मानिसहरु अँग्रेजीद्वारा राष्ट्रिय एकताको रक्षा गर्न चाहन्छन् ती राष्ट्रिय एकताको अर्थ नै बुझ्दैनन् ।
३. सेनाका ती जवानको अभिनन्दन हुनुपर्दछ, जसको रगतले विजयको गाथा लेखिएका ।
४. विजयको सर्वाधिक श्रेय हाम्रा वीर जवान र तिनका कुशल सेनापतिलाई दिनुपर्दछ ।
५. अहिलेसम्म मैले यस्तो सैनिक भेटेको छैन, जसको पिठ्युँमा गोलीको दाग होस् । जति पनि गोली लागेका छन् ती छातीमै लागेका छन् ।
६. आफ्नो सेना र रेजिमेन्टको नाम यदि हामीले राख्नू छ भने राजपूत रेजिमेन्टको स्थानमा राणा प्रताप रेजिमेन्ट राख्नु, मराठाा रेजिमेन्टको स्थानमा शिवाजी रेजिमेन्ट र ताता रेजिमेन्ट राख्नू सिख रेजिमेन्टको स्थानमा रणजीतसिंह रेजिमेन्ट राख्नू ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













