काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भएको भागदौडमा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । घटनामा १५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।
राजधानीको प्रसिद्ध रात्रि स्थलमा हेलोवीन मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएको बेला भागदौड मच्चिएको बताइएको छ ।
कोभिड महामारीपछि दक्षिण कोरियामा पहिलो पटक यस अवसरमा ठूलो संख्यामा मानिसहरू यहाँ आएका थिए । रिपोर्टका अनुसार यहाँ करिब एक लाख मानिस जम्मा भएका थिए । यी मानिसहरू नो मास्क हेलोवीनमा सहभागी हुन यहाँ आएको बताइएको छ ।
यसै क्रममा भागदौडका कारण ठूलो संख्यामा मानिसहरुको ज्यान गएको हो । मृत्यु हुनेमा धेरै जसो २० बर्ष को आसपास उमेर रहेका बिबिसीले उल्लेख गरेको छ ।
स्थानीय अधिकारीहरूका अनुसार सियोलमा ह्यालोवीन उत्सवको क्रममा भागदौड मच्चिँदा धेरै व्यक्ति घाइते भएका छन् । उनले हेलोवीनमा यति धेरै भीड जम्मा भएको कोरोना अवधिपछि पहिलो पटक भएको बताए । मिडिया रिपोर्टका अनुसार ह्यामिल्टन होटलमा धेरै सेलिब्रेटीहरू ह्यालोवीन मनाउन भेला भएका थिए । भीड स्टारहरू हेर्न साँघुरो गल्लीमा पुगेपछि घटना घटेको बताइएको छ ।
पहिले सामाजिक सञ्जाल पोष्टहरूमा, मानिसहरू साँझ हेलोवीनको समयमा भागदौड हुने डर देखिएको थियो ।
घटनापछि राष्ट्रपति युन सुक(योलले योङसान(गुको इटेवनमा विपद् व्यवस्थापन टोलीलाई तत्काल तैनाथ गर्न आदेश दिदै घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।













