काठमाडौं।बलिउड अभिनेत्री इलियाना डिक्रूज आमा बनेकी छन् । छोरालाई जन्म दिएकी हुन् । पाँच दिनपछि इन्स्टाग्राममा छोराको तस्बिर राख्दै उनले आफू आमा बनेको जानकारी दिएकी हुन् ।
इन्स्टाग्राममा छोराको फोटो राख्दै उनले भनेकी छन्, ‘कोआ फिनिक्स डोलनलाई चिन्नुहोस्, उनको जन्म अगस्ट १ मा भएको हो ।’
‘प्यारो छोरालाई स्वागत गर्न पाउँदा कति खुशी छु व्यक्त कुनै शब्द छैन,’ उनले लेखेकी छन् ।
उनको विवाह भएको छैन । उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेटमा रहेका थिइन् । उनी फिल्म ‘बर्फी’ फिल्मीबाट चर्चामा आएकी थिइन् ।













