शिक्षकः पवन ! ल भन त १० करोड रुपैयाँ भएको मानिस बढी सन्तुष्ट हुन्छ कि १० जना छोराछोरी भएको मानिस ?
पवनः १० जना छोराछोरी भएको मानिस सन्तुष्ट हुन्छ किनभने अब उसलाई अरु सन्तान जन्माउने इच्छा हुँदैन ।
सरको गाली खानुपर्छ
आमाः छोरा ! त्यस्तो काम कहिल्यै नगर्नु, जसले गर्दा अरुको गाली खानुपरोस् ।
बालकः त्यसो भए आज म स्कुल जान्नँ ।
आमाः किन ?
बालकः आज मैले सरको गाली खानुपर्छ त्यसैले ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













