एकजना माग्ने बाटोमा बसिरहेको थियो । एक भलादमी त्यही बाटो हिँड्दै थिए ।
माग्नेः दाई एक रुपैयाँ दिनुहोस् न ।
भलादमीः मसँग त एक सुका पनि छैन ।
माग्नेः त्यसो भए आउनुहोस् सँगै बसेर मागौँ ।
भैँसी दुहुने प्रतियोगिता
एकपटक विश्व भैँसी दुहुने प्रतियोगिता भएछ ।
ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफिले १४ लिटर दुध दोएछन् ।
हाम्रा राजेश हमालले जम्मा २ लिटर मात्र दुुध दुहेछन् ।
निर्णायकले सोधेछ— जम्मा २ लिटर मात्र ?
राजेश हमालले रिसाउँदै भेनछन्— साले मेरो भागमा राँगो पारिदिइस् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













