१. चिन्ता त चिता समान हुन्छ, जसले मानिसलाई घुनले झैँ भित्रभित्रै खोक्रो पारिदिन्छ र उसको क्रियाशीलतालाई नष्ट पारिदिन्छ ।
२. जब मानिस चिन्ताले ग्रस्त हुन्छ तब उसले कुनै प्रकारको काहीँ रचनात्मक कार्य गर्न सक्दैन ।
३. परमात्मामाथि जसलाई विश्वास छ, ऊसँग सबथोक छ ।
४. जीवनमा जतिसुकै अन्धकारमय क्षण किन नआउन, ती सबै केहीबेर अडिएर जानेछन् अनि नयाँ आशाका किरण चम्किन्छन् ।
५. हामीले साहसपूर्ण अन्धकार हट्ने र प्रकाश आउने आशा कहिल्यै छोड्नुहुँदैन ।
६. प्रत्येक मानिसभित्र उसको तेज र विशिष्टता सुसुप्तावस्थामा रहन्छन् । अवसर आउनासाथ ती जागृत हुन्छन् ।
७. उठ ! आफ्नो जीवनका योजना बनाऊ ताकि तिम्रो सुतेको महान् प्रतिभा र शक्ति जागरित बनोस्, जुन कि अहिलेसम्म सुषुप्त छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













