चराहरुले साँच्चै सुन्दर गुँडहरु त बनाउँछन् । तर स्याडो वर्ड नामको चराले सबैभन्दा व्यवस्थित एवं सुन्दर घर बनाउने गर्छ । यसले तीन कोठे घरजस्तै गरी तीन कक्षको गुँड बनाउँछ ।
जसमा सबैभन्दा पछाडिको ठूलो कक्षमा शिशुहरु र पोथी बस्छन्, बीचको कक्षमा खानेकुरा भण्डारण गर्छ र अगाडिको कक्ष मुख्य प्रवेशद्वारका रुपमा बनाइएको हुन्छ । प्रवेशद्वामा भाले चरोले सेक्युरिटीको काम गरेर बस्छ । यसले शत्रुबाट परिवारको रक्षा गर्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













