प्रेमीः आज राती तिमीलाई सपनीमा देखेको थिएँ ।
प्रेमिकाः ए होर ? अनि के भयो त ?
प्रेमीः के हुनु तिमी एउटा बसमा यात्रा गरिरहेका थियौ । अचानक बस एउटा भीरबाट खस्यो । र खोलामा पुग्यो । मानिसहरु आफ्नो ज्यान जोगाउन पौडी खेल्दै बाहिर निस्किन थाले त्यस भिडमा तिमी चाहिँ कसैलाई खोजिरहेका थियौ ।
प्रेमिकाः मैले तिमीलाई खोजेको होला नि हैन ?
प्रेमीः केको हुनु तिमी बसेको छेउको खलासीलाई खोजिरहेकी थियौँ । किनकि तिमीलाई खलासीले दुई रुपैयाँ दिन बाँकी थियो ।
गधाको आसा
पहिलोः यार तँ यत्ति धेरै भारी बोक्दा पनि किन त्यही घरमा बसिरहेको ?
दोस्रोः कहिलेकाहीँ साहु उसको छोरीसँग रिसाउँदा गधासँग बिहे गरिदिन्छु भन्नुहुन्छ त्यही आसाले बसिरहेको छु यार ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













