ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईंलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ त कहिले के ? त्यसको मतलव बुझ्न सक्नुक्नुपर्छ ।
– नाचिरहेकी युवतीलाई सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँगको सम्बन्ध टुट्नेछ ।
– यदि कसैले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्न सक्ने अवस्था रहन्छ ।
– यदि कुनै व्यक्तिले सपनामा सुनौलो कपाल भएकी महिला देख्यो भने उसको विवाह कुनै धनी परिवारकी महिलासँग हुनेछ ।
– यदि कुनै व्यक्तिले सपनामा बुर्का लगाएकी महिला देख्यो भने उसलाई कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्ने संकेत गर्छ ।
– कसैले यदि सपनामा स्त्रीलाई चुम्बन र सम्बन्ध स्थापित गरेको देख्यो भने उसलाई अचानक धन प्राप्त हुने संकेत हो ।
– सपनामा जसलाई सुन्दर महिलाले अंगालो हाल्छिन् त्यस्ता व्यक्तिहरु धनी हुनेछन् र जसले सपनामा आफ्नी प्रेमिकालाई छोड्छ उसले पनि धन–सम्पत्ति प्राप्त गर्दछ । त्यस्तै कोही व्यक्तिले श्रीमतीसँग कतै घुम्न गएको देख्यो भने उनीहरुको दाम्पत्य जीवन सुखसँग व्यतित हुने संकेत हो ।
– सपनामा कुनै युवतीले झुम्का लगाएको देखेमा कुनै शुभ समाचार सुन्न पाउने संकेत हो भने कुनै व्यक्तिले आफ्नी श्रीमतीसँग टाढा भएको सपना देखेमा त्यस्ता व्यक्तिहरु चाँडै नै कुनै रोगको शिकार हुने संकेत हो ।
– जब कोही व्यक्तिलाई सपनामा रातो रंगको कपडा लगाएकी महिलाले अंगालो हाली माला पहिराउँछ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुनसक्छ ।
– यदि सपनामा कुनै यौनकर्मीले तानिरहेकी देख्नुहुन्छ भने उसले आफ्नो जीवनमा अनेक कष्ट भोग्नुपर्ने हुनसक्छ ।
एजेन्सी













