लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौं । यद्यपी यसमा औषधीय गुण पनि हुन्छ । प्राचीन ग्रीसमा मानिसहरुले लसुनको पानी खुब पिउने गरेको पाइन्छ । खासगरी लसुन एन्टिबायोटिक र एन्टिअक्सिडेन्टको स्रोत हो यो । लसुनलाई विविध रुपमा सेवन गर्न सकिन्छ । यो काँचो सेवन गर्दा फाइदा गर्छ । मसलाको रुपमा पनि प्रयोग गर्दा लाभदायक हुन्छ । यसले शरीरलाई बलियो बनाउनका साथै शरीरलाई ऊर्जा दिने काम गर्छ ।
बिहान खाली पेटमा लसुनको केस्रा खान त्यति सजिलो हुँदैन । त्यसैले लसुनपानी (लसुनको चिया) सेवन गर्नु उपयुक्त हुन्छ । यसका अनेक गुणहरु हुन्छन् र स्वास्थ्यलाई फाइदा पुग्नुको साथै मिठो पनि हुन्छ । लसुनको चिया प्रत्येक विहान खाली पेटमा पिउन सकिन्छ । यो त्यति नै फाइदाजनक हुन्छ जति एउटा लसुनको कल्ली खाँदा हुन्छ ।
सबैभन्दा पहिले एक गिलास पानी उमाल्ने र यसमा एक कल्ली लसुन र एक टुक्रा अदुवा पिसेर हाल्ने । त्यसपछि १५–२० मिनेटसम्म यसलाई पाक्न दिने । अनि आगो बन्द गरेर १० मिनेटसम्म यत्तिकै छाड्ने । अब यो पानीलाई छान्नुपर्छ र यसमा एक चम्चा कागतिको रस र एक चम्चा मह मिसाउने । यसो गर्दा चिया स्वादिलो र गुलियो हुन्छ । कागति र अदूवाले गर्दा लसुनको गन्ध पनि हराउँछ र यसलाई सजिलै पिउन सकिन्छ ।
फाइदाहरु
१. लसुनको चिया सेवन गर्दा शरीरमा रहेका सबै विषाक्त पदार्थ बाहिर निस्किन्छन् । जसले गर्दा रगत शुद्ध हुनुको साथै शरीरमा रहेको अतिरिक्त बोसो नष्ट भई तौल घट्न जान्छ ।
२. बिहान–बिहान लसुन चिया सेवन गर्दा पाचन तन्त्रले ठीकसँग काम गर्छ ।
३. लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार ठिक ढङ्गगले सञ्चार हुने हुँदा मुटुसम्बन्धी समस्याहरु उत्पन्न हुँदैन ।
४. दैनिक यो चियाको सेवन गर्दा शरीरको कोलस्ट्रोल तह कम हुन गई मधुमेह हुनबाट बचिन्छ ।
५. लसुन एक एन्टिबायोटिक गुण भएको बस्तु हो । लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ जसले गर्दा रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।
६. लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनुको साथै मिनरल्स पनि पाइन्छ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँनुको साथै हड्डीलाई बलियो बनाउँछ ।
७. लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गर्छ । यसले गर्दा तपाईंलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन हुन्छ ।













