१. कर्तव्य के हो भन्ने बुझेपछि गुरु चाहिँदैन । कर्तव्य ठीकसँग पूरा नगरेमा अथवा मन खराब भएमा ध्यान ठीक हुँदैन, विचलित हुन्छ ।
२. कर्तव्य ठीकसँग गर्न जुन कुरा वा वस्तुले मद्दत गर्दछ त्यो स्वीकार गर्नुपर्छ । मद्दत नपु¥याउनेलाई त्याग्नुपर्दछ । अर्थात् भगवान् वा भगवानले दिनुभएको कर्तव्य मात्र स्वीकार गर्नुपर्दछ ।
३. आफ्नो व्यवसायलाई पूजासरह लिनुहोस्, सांसारिक लाभ दोस्रो कुरा मात्रै हो ।
४. तीन प्रकारका कर्तव्यहरु छन्— १) आफ्नो लागि २) आफू, परिवार, घर र मुलुकको लागि र ३) व्यवसायको लागि शरीर ठीक राख्ने । बाँकी समय प्रभुको चिन्तन गर्ने ।
५. कर्म र भगवानलाई मात्र सम्झिनुहोस् होइन भने कर्मलाई नै भगवान् भनेर मान्नुहोस् ।
६. आफ्नो कर्तव्य बीउजस्तो सानो भए पनि पूरा गर्नुहोस् । समय पुगेपछि बरको रुख जस्तै ठूलो हुन्छ र हामीलाई शक्ति दिनेछ ।
७. कर्तव्य भगवानबाट जन्मेको हो, खूद भगवान् नै कर्तव्यभित्र विराजमान हुनुहुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













