काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० अन्तर्गत मोन्टरियल टाइगर्सले चौथो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा मोन्टरियलले टोरन्टो नेशनल्सलाई २३ रनले पराजित गरेको हो ।
वर्षाले प्रभावित भएपछि खेल ६-६ ओभरमा खेलाइएको थियो ।मोन्टरियलले दिएको ७८ रनको लक्ष्य पछाएको टोरन्टोले ६ ओभरमा २ विकेट गुमाउदै ५४ रन मात्र बनाएपछि खेल २३ रनले हारेको हो ।
यस अघि पहिला ब्याटिंग गर्दै मोन्टरियलले ६ ओभरमा २ विकेट गुमाउदै ७७ रन बनाएको थियो ।
नेपाली अलराउण्ड दिपेन्द्र सिंह ऐरी खेलिरहेको मोन्टरियलको यो जितपछि ६ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै टोरन्टोको ६ खेलमा ५ अंक छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।













