मानिसको मस्तिष्कमा असंख्य रक्तबाहिनी नलीले जेलिएको हुन्छ । बाहिरी हाडको कडा आवरणबीच सुरक्षित यी विभिन्न यी विभिन्न नली र मस्तिष्क ज्यादै संवेदनशील अङ्ग हुन् । एक जना मानिसको मस्तिष्कका सबै नलीहरुको लम्बाइ कति होला त ?
एक वैज्ञानिक अध्ययन अनुसार, एउटा मस्तिष्कमा भएका सबै नलीहरु एक आपसमा जोड्ने हो भने त्यसको लम्बाइ १ लाख माइल हुन्छ । जसले पृथ्वीलाई पूरा ४ फन्का बेर्न पुग्छ । भएन त अचम्म ?
मानि मस्तिष्क तीनवटा उपमस्तिष्क मिलेर बनेको हुन्छ । मस्तिष्कको दायाँ भागले प्रायः विश्लेषण गर्ने कार्य गर्दछ र बायाँ भागले सिर्जनात्मक कार्य गर्दछ । मस्तिष्कको तौल अनुसार दिमागीय क्षमटा घटी र बढी हुँदैन भन्ने मान्यता राखिन्छ । मानव मस्तिष्कको औसात तौल १,३६० ग्राम हुन्छ । तर वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्क भने १,२३० ग्रामको मात्र थियो ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













