१. संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा भिटो प्रयोग गर्न पाउने राष्ट्रको संख्या कति रहन्छ ?
– ५
२. अफ्रो–एसियाली मुलुकबाट सुरक्षा परिषद्मा कति राष्ट्रको प्रतिनिधित्व रहन्छ ?
– ५ ।
३. सुरक्षा परिषद्मा सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
– बेलायत ।
४. संयुक्त राष्ट्र संघको प्रथम महासचिव को हुन् ?
– ट्रिभ्भे ली ।
५. संयुक्त राष्ट्रसंघको हालका महासचिव एन्टोनियो गुटेरेस कुन देशका हुन् ?
– पोर्चुगल ।
६. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता कहिले प्राप्त गरेको हो ?
– १९५५ डिसेम्बर १४ ।
७. संयुक्त राष्ट्र संघको तर्फबाट शान्ति स्थापनार्थ खटिएका सैनिकलाई के भनिन्छ ?
— ब्लु हेल्मेट्स ।
८. संयुक्त राष्ट्र संघले सन् २००१ लाई निम्न मध्ये कुन वर्ष मनाइरहेको छ ?
– अन्तर्राष्ट्रिय फलफूल तथा तरकारी वर्ष ।
९. संयुक्त राष्ट्र संघीय विश्वविद्यालय कुन देशमा छ ?
– जापान ।
१०. संयुक्त राष्ट्र संघको वडापत्रमा कति धारा छन् ?
– १११ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













