• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

    पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

    स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

    इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

    ४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

    ४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

by
१० साउन २०८०,
0
नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ ।

पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आँफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

“जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्”, उनले भने, “हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको छ ।” समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो ।

निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने उनको विश्वास थियो ।

पछिल्लो समयमा पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताए । “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,”, उनले भने, “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।” पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो । निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिए ।

कोरोना फेलिएका बेलामा पनि निर्माण कार्यलाई निरन्तरता दिँदै सम्पन्न भएको महादेवमूर्तिसहितका पूर्वाधारले यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएकोे मूल पुजारी भरत पौडेलले बताए । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको बताउँदै उनले महत्वपूर्ण तिथि र पर्वमा भीडभाड हुने गरेको जानकारी गराए ।

समितिका सचिव नरहरि बरालका अनुसार मूर्ति स्थापनायता दर्शनार्थीको आगमनसँगै दान सहयोग पनि निरन्तर उठ्ने गरेको छ । भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा रु पाँच करोड सङ्कलन भइसकेको उनले जानकारी दिए । “विशेष तिथि र पर्वमा ठाउँ ठाउँबाट ठूलो सङ्ख्यामा भक्तजन पुम्दीकोटमा आउने गरेका छन्”, उनले भने, “गत शिवरात्रिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी यहाँ आएका थिए ।” हिजो सोमबार झण्डै दस हजारको सङ्ख्यामा दर्शनार्थी पुम्दीकोटमा आएको उनले जानकारी दिए ।

समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान९कैलाश० र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत रहेको छ । यी दुई थान करिब चार सय मिटरको दूरीमा रहेको छ । त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिँदै सदस्य बरालले त्यसका लागि करिब रु पाँच करोड लाग्ने देखिएको बताए । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको जानकारी दिँदै उनले परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको बताए ।

Previous Post

अमेरिकामा अत्याधिक गर्मी, बिरामीले अस्पताल भरिए

Next Post

पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

सम्बन्धित खबर

चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान
आवाज

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

२१ चैत्र २०८२,
पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने
समाचार

पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

२१ चैत्र २०८२,
स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन
समाचार

स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

२१ चैत्र २०८२,
इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान
अन्तर्राष्ट्रिय

इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

२१ चैत्र २०८२,
४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव
समाचार

४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

२१ चैत्र २०८२,
Load More
Next Post
पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In