स्वस्थ रहनका लागि हरेक दिन नुहाउन जरुरी छ । दिनहुँ नुहाउने गर्दा शरीरमा फूर्ति आउँछ । सफासुग्घर रहनुका साथै विभिन्न किसिमका संक्रमण तथा रोगबाट पनि बच्न सकिन्छ । नुहाउँदा केही कुरा ध्यान दिन भने जरुरी छ नत्र त्यसले शरीरमा थप हानी पु¥याउन सक्छ ।
नुहाउँदा ध्यान दिनुपर्ने कुराहरु
१. गलत साबुनको प्रयोग नगर्ने
नुहाउनका लागि प्रयोग हुने साबुनमा तेल र क्लींजरको मात्रा हुनुपर्छ । गलत साबुनको प्रयोगले छालासँग सम्बन्धित समस्या नित्याउन सक्छ।
२. सफा तौलियाको प्रयोग
नुहाउँदा प्रयोग हुने तौलिया पनि समयसमयमा धोइरहनुपर्छ । तौलियालाई दिनहुँ घाममा सुकाउनुपर्छ । हप्तामा कम्तीमा २ पटक तौलिया धुनुपर्छ । पहिल्यै चिसो चिसो वा भिजेको तौलिया प्रयोग गर्नु हुँदैन ।
३. नुहाउनु अघि र पछि बाथरुमको भेन्टिलेसन खुला राख्ने
बाथरुममा नुहाउनु अघि र नुहाइसकेपछि अनिवार्य रुपमा झ्याल तथा भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा हावाको आवतजावत राम्रो हुनुपर्छ ।
४. अत्याधिक तातो पानी प्रयोग नगर्ने
खासगरी जाडो महिनामा नुहाउँदा तातो पानी प्रयोग गरिन्छ । तर अत्याधिक तातो पानीले छालामा इन्फेक्सन हुने, छाला सुक्खा हुने जस्ता समस्या देखिन सक्छ ।
५. कपालमा दैनिक स्याम्पु नगर्ने
दिनहुँ कपालमा स्याम्पु प्रयोग गर्नाले कपालको चमक हराउन सक्छ । कपाल सुक्खा हुने सम्भावना पनि हुन्छ । स्याम्पु प्रयोग गरेपछि कन्डिशनर पनि प्रयोग गर्न जरुरी छ ।
६. नुहाएपछि मोइस्चराइजर लगाउने
नुहाउने बित्तिकै शरीर सुक्खा हुन नदिन मोइस्चराइजर लगाउन अनिवार्य छ । यसले शरीर सुक्खा हुन दिँदैन ।
७. यी ठाउँमा साबुन नलगाउने
काखी, कम्मर, पैतला, प्राइभेट पार्ट र अनुहारमा धेरै साबुन प्रयोग गर्नु हुँदैन ।
८. घाउ नछोप्ने
यदि शरीरमा कुनै घाउ वा चोटपटक लागेको छ भने नुहाउने समयमा छोप्नु हुँदैन । सानो चोटपटक छ भने नुहाउँदा खुलै छोडेर पछि पट्टी लगाउन सकिन्छ ।
साभारः ‘स्वास्थ्य खरपत्रिका’पुस्तकबाट













