कक्षामा गणित विषयको पढाई भइरहेको थियो । त्यत्तिकैमा पूर्णले सोध्यो—
पूर्णः सर नेपाली पढाउने सरले नेपालीमा गाली गर्नु हुन्छ, अँग्रेजी पढाउने सरले अँग्रेजीमा तर तपाईं चाहिँ किन गणितमा गाली गर्नु हुन्न ?
सरः चुप लाग छत्तीसे, बाह्र सत्ताईस कुरा गर्छस् । तेरो अहिले बत्तीस झारिदिउँला ।
किरा मार्ने रहेछ
धेरै जँड्याहा भएको ठाउँमा एउटा विद्वान् मान्छे गएछ र तिनीहरुलाई जाँड छुटाउने उद्देश्यले सबैलाई भेला गरेछ ।
एउटा गिलासमा रक्सी र अर्काे गिलासमा पानी राखेछ र त्यसमा एउटा गँड्यौला हालेछ । केही बेरमा रक्सीको गिलासमा गँड्यौला मरेछ । अनि विद्वान्ले भनेछ यो प्रयोगबाट तपाईंहरुले के बुझ्नुभयो ?
जँड्याहरुमा एउटाले हतपत जवाफ दिएछ— सर रक्सीले पेटका किरा मर्ने रहेछ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













