काठमाडौँ – आज पनि सरकारले तिहार बिदा दिएको छ। लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो।
यसअघिका वर्षमा तिहारमा ३ दिनमात्र सरकारी बिदा दिने गरेको थियो। यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखिनै सार्वजनिक बिदा दिएको छ। यसपटक सरकारले तिहारमा ५ दिन बिदा दिएको हो।
अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ। भोलि शनिबार र पर्सि छठको बिदा परेको छ।













